×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल–चीन सीमा नजिकै पुगेर भारतीय राजदूतले गरे यस्ता काम

LAXMI SUNRISE BANK

नेपाल–चीन सीमा नजिकै पुगेर भारतीय राजदूतले गरे यस्ता काम

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मुस्ताङ – भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी राजधानी फर्किएका छन् । सो भ्रमणका क्रममा उनले नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिएका थिए ।
छदिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरे । दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गरेका थिए ।
यही असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे। स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताए । ‘सरकारले यो धामको चौतर्फी विकासका लागि गुरुयोजना तयार पारेको बुझेको छु, हामी त्यसमा सहयोग गर्न प्रतिबद्ध छौँ’, उनले भने ।
मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ । असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङगेल गुम्बाको अवलोकनसमेत गरेको बताइएको छ ।
सोही दिन राजदूत राय कोरला नाका पुगेका थिए । नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला राजदूतको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी