×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुस्ताङमा सुटुक्क पाँच दिन बसेका भारतीय राजदूतले चीनविरुद्ध के–के गरे ?

LAXMI SUNRISE BANK

मुस्ताङमा सुटुक्क पाँच दिन बसेका भारतीय राजदूतले चीनविरुद्ध के–के गरे ?

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतले मुस्ताङ जिल्लामा आठ करोड रुपियाँ बराबरका परियोजनाहरू परिचालन गरेको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा धमाधम समाचार प्रकाशित गराएको छ ।
मुस्ताङ जिल्लामा एक स्कुलसहित थुप्रै विकास परियोजनाहरूमा लगानी गरेको भन्दै भारतीय प्रमुख अनलाइनहरूले आजको संस्करणमा समाचार प्रकाशित गरेका छन् ।
उनीहरूले समाचारमा चीनको तिब्बतसँग सीमा जोडिएको नेपालका कतिपय जिल्लामा भारतले विकास परियोजनाहरू चलाएको भन्दै समाचार सम्प्रेषण गरेका हुन् ।
मुस्ताङको लोमाथाङ्क, तुकुचे, कागबेनी र झारकोटमा भारतीय अनुदानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले पाँच दिनको भ्रमणका क्रममा उद्घाटन गरेको उल्लेख छ ।
तराईका जिल्लामा मात्रै विकास परियोजनाका लागि सहयोग गर्दै आएको भारतले चीन–नेपाल सम्बन्ध सुध्रिन थालेपछि चीनसँग सीमा जोडिएका जिल्लाहरूमा रणनैतिक रुपमा विकास सहयोग दिन थालेको छ । चीनको प्रभाव नेपालमा काम गर्न र भारतीय प्राभव कायम गर्न उनले भारतीय परियोजना चलाएको स्रोतको दाबी छ ।
भारतको यो दकमलाई कुटनीतिक जानकारीहरूले नेपाल–चीन सम्बन्धम विस्तारको परिणामका रुपमा लिएका छन् । भारतीय राजदूत राय कहिले मुस्ताङमा बसेका हुन् समाचारमा खुलाइएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी