×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्यू टावर निर्माणको काम पुनः सुरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भ्यू टावर निर्माणको काम पुनः सुरू

Artha Sarokar

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

अशोज ५, – आर्थिक अभावले रोकिएको  बाग्लुङ  भ्यू टावर निर्माण कार्यलाई पुनः सुरूवात गरिएको छ । निर्माण समितिका अध्यक्ष देवेन्द्र थापाका अनुसार पर्यटन मन्त्रालयले १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि निर्माण कार्यलाई अगाडि बढाइएको हो ।
बाग्लुङको भकुन्डेमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६७/६८ बाट भ्यू टावर निर्माण सुरु भएको थियो । भकुण्डे गाविस वडा नम्बर १ मुलाबारीको डाँडोमा निर्माण थालिएको भ्यू टावरका लागि आवश्यक रकम उपलब्ध हुन नसकेपछि बिचैमा रोकिएको थियो ।
हालसम्म भ्यू टावर निर्माणका लागि  पर्यटन मन्त्रालयको ६ लाख, जिल्ला विकास समितिको ९ लाख, गाविसको एक लाख र बिभिन्न क्षेत्रबाट प्राप्त रकम गरी जम्मा २० लाख रुपैयाँ खर्च भइसकेको छ भने स्थानीयले जनश्रमदान समेत गरेका छन् ।
यस वर्ष भ्यू टावरलाई चार तला ढलान गरी ढुंगाले छाउने, वरिपरि तारवार लगाउने, रोलिङ हाल्ने काम सम्पन्न भएको थापाले बाताएका छन् । आगामी एक बर्ष भित्रसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको भ्यू टावरमा खानेपानी, शौचालय र घोरेटो बाटो निर्माणको काम बाँकी नै छ । यसका लागि थप १५ लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी