×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रेडबुल’ अर्थात ‘स्लो पोइजन’ ! : यो समाचार पढेपछि तपाईंले सायदै पिउनुहुन्छ ‘रेडबुल’

PRIME CA

‘रेडबुल’ अर्थात ‘स्लो पोइजन’ ! : यो समाचार पढेपछि तपाईंले सायदै पिउनुहुन्छ ‘रेडबुल’

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – रेड्बुल । बजारमा पाइने इनर्जी ड्रिंक भनिएको एउटा पेय पदार्थ ।  तर डेनमार्क र फ्रान्समा ब्याण्ड भएको यो पेय पदार्थ नेपालमा भने खुलेआम विक्री भइरहेको छ । रेन्से डटकम का अनुसार रेडबुल स्वास्थ्यका लागि हानिकारक पेय पदार्थ हो भने यो पेय पदार्थ सामान्य रुपमा पीइने इनर्जी ड्रिंक वा कोल्ड ड्रिंकको रुपमा प्रयोग गर्न हुँदैन । विश्वका विभिन्न देशहरुमा बिक्रि वितरण भइरहेको यो पेय पदार्थमा स्वास्थ्यका लागि निकै नै हानीकारक GLUCURONOLACTONE नामक केमिकल मिसावट गरिएको हुन्छ । 
रेन्सेका अनुसार यी ५ कारण रेडबुल खानु हुँदैन :
  • मुटुको पम्प रेट बढाउने हुनाले यदी रेड बुल खाएपछि कसैले व्यायाम गर्दैन भने उसको स्वास्थ्यमा रेडबुलले निकै ठुलो असर गर्छ र यसले हृदयघात समेत निम्त्याउन सक्छ ।
  • रेड बुल र रक्सी सँगै मिसाएर खाएको खण्डमा यसले सिधै कलेजोमा असर गर्छ ।
  • रेडबुलमा ‘कोमा’मा रहेका बिरामीलाई होसमा ल्याउन प्रयोग गरिने भिटामिन B12 प्रयोग गरिएको हुन्छ ।
  • रेडबुल दैनिक खाएमा यसको सिधा असर नशामा पर्छ ।
  • रेड बुलमा त्यस्तो तत्व हुन्छ जसले मुटुलाई थोरै शक्तिमै पम्प गर्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दै मुटु रोग पनि लाग्छ ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: