Skip to content
LAXMI SUNRISE BANK

रिफ्रेस हुनको लागी बरिष्ठ नेता पौडेल मानसरोवरको तिर्थाटनमा

अर्थ सरोकार

पार्टी सभापति शेर बहादुर देउवाबाट एक पछाडि अर्को घात भोगिरहेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल आइ्र्रतबार थकाई र पीडालाई केही हद सम्म हटाउन तिब्बतमा पर्ने  मानसरोवर जाने निर्णय गर्नुभएको छ ।
सबैतिरबाट असहयोग र पीडा भोगेका पौडेल फ्रेस हुनका लागि भोली आइतवार देखि कैलाश मानसरोवर जाने तयारीमा  लागेका छन् । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले उनको लागि काठमाडौंदेखि सिमीकोट र सिमीकोटदेखि हिल्सा हुँदै तिब्बतमा पर्ने मानसरोवरको दर्शनमा जाने व्यवस्था मिलाइदिएका छन् ।
पौडेलको आग्रहमा शाहीले उनलाई हवाइ र हेलिकप्टरको टिकटको व्यवस्था गरिदिएका हुन् ।  तिब्बतमा भए कैलाश मानसरोवरमा हिन्दु धार्मिक धर्मावलम्बीहरुको जाने गरेका छन ।पौडेल आफ्नो परिवारसहित पौडेल पनि मानसरोवर जान लागेका हुन् ।
गत १३ औं महाधिवेशनको धोखाधडीको नियति नेविसंघ र महिला संघमा पनि देखियो । उस्तै प्रकृतिको असहयोगले गर्दा पौडेलले यी दुवै संगठनमा नेतृत्वमात्र गुमाएनन् । साख जोगाउन पनि धौधौ नै पर्न पुग्यो । त्यसैले यी सबै हारको पीडाबाट थोरै भए पनि रिफ्रेस हुनका लागि पौडेललाई केही दिनको काठमाडौं बाहिरको राजनीतिकभन्दा बाहिरी संसारको माहोलले राम्रो काम गर्न सक्छ ।
पार्टीमा कहिल्यै पनि गुटबन्दी गर्न नखोजेका र नभएका पौडेललाई यस्तो नहुनु नै अहिले आएर घाटामा र पछाडी पार्ने ‘फ्याक्टर’ देखिएको छ ।
स्मरणीय छ,यस अगाडि प्रचण्डको धोखाधडीबाट प्रताडित भएर पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले समेत सपरिवार मानसरोवर पुगेर फर्किएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK