×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भत्ता पचाउन आइएनजीओको कार्यक्रम तिर माननीयहरू, यता संसद भवन रित्तै

LAXMI SUNRISE BANK

भत्ता पचाउन आइएनजीओको कार्यक्रम तिर माननीयहरू, यता संसद भवन रित्तै

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  
काठमाडौं – हाजिर गरेर सांसदहरु आ–आफ्ना काममा हिडेपछि आजको संसद बैठक  पनि स्थगित भएको छ । प्राय सांसदहरू अाइएनजिअाेकाे कार्यक्रम तिर लाग्ने गरेपछि संसद भवन रित्ताे हुने गरेकाे छ । 
बुधबारकाे संसद बैठकमा संविधानसम्बन्धी महत्वपुर्ण आयोग गठनसम्बन्धी विधेयकमाथिको छलफल भइरहँदा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले गणपुरक संख्या नपुगेको भन्दै संसद बैठक रोक्न माग गरे । 
लगत्तै सभामुख ओनसरी घर्तिले संसदमा उपस्थित सदस्य संख्या गणना गर्न सचिवालयलाई निर्देशन दिइन् । गणना गर्दा संसद सचिवालयका अनुसार  बैठकमा ४ सय ५४ जनाले हाजिर गरेपनि बैठकमा १ सय २५ जना सांसद मात्रै रहेको देखीयाे । त्यसपछि सभामुखलार्इ बैठक स्थगित गर्नु पर्ने बाध्यता अाइलाग्याे ।
स्रोतका अनुसार बुधबार नै वातावरण समितिले सांसदहरुलाई नगरकोटमा आवासीय कार्यक्रम आयोजना गरेको थियाे  । सांसदहरु संसद बैठक छाडेर नगरकोटमा वातावरण समितिको कार्यक्रममा गएका थिए । संविधान कार्यान्वयनसम्बन्धी महत्वपुर्ण आयोग गठन गर्ने विधेयकमाथिको छलफल छाडेर  सांसदहरु आइएनजीओको कार्यक्रममा जाँदा संसद बैठकमा उपस्थित रहेका सांसदहरुले आफुहरुको समेत अपमान भएको बताए । 
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने– केही सांसद नगरकोट गए , बैठकमै बसेका हाम्रो पनि अपमान भयो ।   नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि विषयमा निर्णय लिदा तत्काल कायम रहेको ५ सय ९६ संसद संख्याको एक चौथाई अर्थात् १ सय ४९ जना सांसद संसदमा उपस्थित हुनुपर्छ । तर त्यहाँ केहि पनि भएन ।
तर गणना गर्दा संसद बैठकमा १ सय २५ जनामात्रै सांसद बैठकमा उपस्थित थिए । यसअघि भदौ २४ गते पनि हाजीर गरेर सांसद आइएनजीओको कार्यक्रममा सहभागी हुन गएपछि संविधानअनुसार गठन हुने उच्च अदालतसम्बन्धी विधेयक अलपत्र बनेको थियो ।

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी