Skip to content
LAXMI SUNRISE BANK

हाम्रो सिष्टम : प्रधानमन्त्री आउँदाचाहिं रातारात बाटो बनाउने ! चाडपर्वमाचाहिं उस्तै ?

अर्थ सरोकार

  • कृष्णा चौलागाईं  / अर्थ सरोकार डटकम  

प्रधानमन्त्री मेलम्ची खानेपानी आयोजनाको अनुगमन गर्न आउँदा मात्रै  प्रधानमन्त्री आउने बाटोमा गीटी बिच्छाएर राम्रो बनाएपनि आयोजना सँग जोडिएको ग्रामिण भेगमा पुग्ने कच्ची बाटोको अवस्था भने नाजुक रहेको छ । दशैँ नजिकै आइसक्दा पनि कच्ची बाटो मर्मत नहुदा ग्रामिण भेगका बासिन्दा मारमा परेका हुन । पानी नपर्दा सामान बोक्ने चारपाङ्गे्र गाडी फाट्ट फुट्ट चलेपनि पानी परेपछि त्यो समेत चल्न नसक्ने अवस्थामा पुगेको छ। 
यसरी कच्ची बाटोमा बर्षाको पानीले ठूल्ठूला खाल्डो परेको अवस्थामा गाउँबासी २ देखि ५ घण्टाको बाटो पैदल हिँड्न बाध्य भएका छन् । बाटो राम्रो नभएपछि गाउँका किराना पसल ब्यवसायी पनि ठूलो समस्यामा परेका छन् । बर्षाको समयमा भरियालाई समान बोकाउँदा प्रति किलो रु ५ देखि ८ सम्म ज्याला दिनुपर्ने भएकोले सामानको भाउ बढि हुने गरेको छ ।
यसरी बाटो बिग्रीएपछि भुकम्प पिडीतलाई सरकारले दिएको अनुदानको पैसा पाए पनि ग्रामीण भेगमा सहजरुपमा घर निर्माण गर्न सक्ने अवस्था छैन । सबै समान सहरदेखी नै पुर्याउन पर्ने गाउँहरुमा बाटोको अवस्था बिग्रीएपछि भुकम्प पिडीतहरु झन  चिन्तित बनेका छन् ।बाटो असजिलो भएकै कारण दुर्घटर्ना बढ्दै गईरहेको र सयौले ज्यान गुमाई रहेको अवस्थामा समेत स्थानिय तथा सरकारी निकायबाट कुनै चासो नदेखाएकोमा दुवाचौरबासीहरु दुखी मात्र होइन चिन्तित छन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK