
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – परराष्ट्र मन्त्रालयले सार्कका सदस्य राष्ट्रहरुलाई सार्क सम्मेलन समय मै गर्नको लागि अनुकुल वातावरण बनाउन आग्रह गरेको छ ।
मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै सार्कको वर्तमान अध्यक्ष मुलुकको हैसियतले सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्नको लागि अनुकुल वातावरण बनाउन आग्रह गरेको हो।
नेपालमा दुई वर्षअघि सम्पन्न १८ औं सार्क शिखर सम्मेलनले १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय गरेको थियो । तर भारतले आफ्नो बोर्डरमा पछिल्लो समयमा भएको आक्रमणको निन्दा गर्दै आफु सहकार्यको लागि तयार भएपनि आतंकवादसंग अघि बढ्न नसक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने घोषणा गरेको थियो ।
भारतलाई पछ्याउँदै सार्क सदस्य राष्ट्रहरु भुटान, बंगलादेश र अफगानिस्तानले सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
सार्क वडापत्रमा कुनै एक मुलुकले सम्मेलनमा सहभागिता नजनाए सम्मेलन स्थगित हुने उल्लेख छ भने अहिले ४ मुलुकले सहभागीता नजनाउने जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्