×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको विपक्षमा बोल्यो नेपाल, सार्क सम्मेलनको लागि अनुकुल वातावरण बनाउन आग्रह

LAXMI SUNRISE BANK

भारतको विपक्षमा बोल्यो नेपाल, सार्क सम्मेलनको लागि अनुकुल वातावरण बनाउन आग्रह

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – परराष्ट्र मन्त्रालयले सार्कका सदस्य राष्ट्रहरुलाई सार्क सम्मेलन समय मै गर्नको लागि अनुकुल वातावरण बनाउन आग्रह गरेको छ । 
मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै  सार्कको वर्तमान अध्यक्ष मुलुकको हैसियतले  सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित गर्नको लागि अनुकुल वातावरण बनाउन आग्रह गरेको हो।
नेपालमा दुई वर्षअघि सम्पन्न १८ औं सार्क शिखर सम्मेलनले १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय गरेको थियो । तर भारतले आफ्नो बोर्डरमा पछिल्लो समयमा भएको आक्रमणको निन्दा गर्दै आफु सहकार्यको लागि तयार भएपनि आतंकवादसंग अघि बढ्न नसक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने घोषणा गरेको थियो । 

भारतलाई पछ्याउँदै सार्क सदस्य राष्ट्रहरु भुटान, बंगलादेश र अफगानिस्तानले सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।

सार्क वडापत्रमा कुनै एक मुलुकले सम्मेलनमा सहभागिता नजनाए सम्मेलन स्थगित हुने उल्लेख छ  भने अहिले ४ मुलुकले सहभागीता नजनाउने जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी