×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुहिने अवस्थामा पुगे काटीएका सल्लाका रूखहरू

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुहिने अवस्थामा पुगे काटीएका सल्लाका रूखहरू

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – काभ्रेपलाञ्चोकको चौबासस्थित चाँपपानी सामुदायिक वन र धारापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि काटिएका सल्लाका रुख कुहिने अवस्थामा पुगेको छ।  वन व्यवस्थापनको क्रममा भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले सल्लाका रुख काटिएकामा उनीहरुले घर बनाउनका लागि सल्लाको काठ कमजोर हुने भन्दै नलिएपछि वनमै रहेका काठ वर्षाको पानीले कुहिने अवस्थामा पुगेको हो।
काठ काटिएपछि भूकम्पपीडितको माग आएन र त्यो काठ बाहिर बिक्री वितरण गर्न हामीलाई निर्देशिकाले रोक लगायो तर अब त्यसलाई लिलामको प्रक्रियामा लैजाने जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले बताए। वन अधिकृत खनालले काटिएको सल्लाको काठ प्रतिक्युफिट १ सय रुपैयाँ पर्ने उल्लेख गर्दै सरकारले यस वर्षबाट नै वैज्ञानिक वन व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको बताए।
इनलिफ्ट परियोजनाका अधिकृत गोविन्द पौडेलले विगतमा अनुसन्धानका लागि वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढेको र अब त्यसलाई निरन्तरता दिइने जानकारी दिए। उनले जिल्लाको नगरकोट आसपासका हिले जलजले सामुदायिक वनसहित तीनवटा र ढुंखर्क गाविसमा रहेको कालापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अघि बढ्ने बताए।
काटिएका सबै काठ लिलामको प्रक्रियामा जाने पौडेलले बताए। इनलिफ्ट परियोजनाको आर्थिक सहयोगमा यस कार्यालयले दुई वर्षअघिदेखि वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी