Skip to content
LAXMI SUNRISE BANK

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकोे साधारण शेयर निष्काशन सम्झौता सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – श्री महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बकधुवा ९ महुली सप्तरीको निष्काशन गर्नुपर्नेे १,२०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि श्री एन.सि.एम मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री श्याम कान्त चौधरी तथा एन.सि.एम. मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रबन्ध संचालक श्री बिजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाले मिति २०७० जेष्ठ ३० गतेबाट कारोवार संचालन गर्दै आएको छ । हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
यस लघुवित्त वित्तीय संस्थाको कर्जातर्फ ५४ हजार सेवा ग्राही सदस्य रहेका छन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK