
काठमाडौँ – सरकारले बजेटसँग सम्बन्धित आश्रित विधेक पारित गर्नका लागि संसद नियमावलीको व्यवस्था निलम्बन गरेको प्रति प्रमुख प्रतिपक्षी एमालेले संसदमा विरोध गरेको छ। आश्रित विधेयकको छलफलमा सहभागी हुँदै एमाले सांसद अग्नि खरेलले सहमतिका साथ नियम निलम्बन गर्ने संस्कार भएपनि जबर्जस्ती बाटोमा गएको भन्दै नियम निलम्बनप्रति आपत्ति जनाए।
भोलि अर्को अप्ठ्यारो पर्न सक्छ अनि भटाभट नियम निलम्बन गर्दै जानेु, उनले प्रश्न गरेयो अलोकतान्त्रिक ढंगले संसद कसरी चल्छ यस्तै सरकारप्रति व्यंग्य गर्दै उनले लाज शब्द पनि निलम्बन गर्न सरकारसमक्ष प्रस्ताव गरे। हिजो आफैले विरोध गरेको विधेयक आज जस्ताको त्यस्तै नियम निलम्बन गरेर किन पारित गर्न खोजियो मलाई एउटा पत्रकार मित्रले एसएमस गर्नुभएको थियो लाज भन्ने शब्द पनि निलम्बन गर्ने कि भनेर त्यो मैले जस्ताको त्यस्तै राखेको छु खरेलले भने।
यस्तै छलफलमा भाग लिँदै सांसद रेवतीरमण भण्डारीले सरकारले अलोकतान्त्रिक ढंगले विधेय पारित प्रक्रिया अघि बढाएको बताए। अविश्वासको प्रस्ताव विधेयक पारित हुँदा त फेल हुने कुरा थिएन। अहिले किन नियम निलम्बनको बाटो रोजियो उनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्