
नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण पछिको अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन्। संयुक्त राष्ट्र सङ्घको ७१ औं महासभामा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलसँग विशेषगरी नेपालको मौलिक एवम् अनुकरणीय शान्ति प्रक्रियाका बारेमा द्वन्द्वग्रस्त मुलुकका प्रतिनिधिले विशेष चासो राखेका हुन्।
नेपालका राजनीतिक दलको सहमतिमा अगाडि बढेको शान्ति प्रक्रियाले एक हदसम्म पूर्णता पाइसकेको र द्वन्द्वोत्तर समयका केही विषयमा अझै अध्ययन तथा अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा राहतको प्रक्रियासमेत सुरु भएको छ। महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग द्विपक्षीय भेटवार्ता गरेका बिभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा नै विशेष चासो राखेका थिए।
परराष्ट्रमन्त्री डा महतसँगको भेटमा विशेषगरी कोलम्बियाका परराष्ट्रमन्त्रि मारिया एन्जेला होल्गुइन कोयरले नेपालको शान्ति प्रक्रिया कसरी अगाडि बढ्यो र निष्कर्षमा कसरी पुग्यो भन्ने बारेमा विशेष चासो राखेकी थिइन्।कोलम्बियालाई सफलरुपमा शान्तिको मार्गमा हिँडाउनका लागि पनि नेपालको अनुभव अनुकरणीय हुन सक्ने विदेशमन्त्रीको भनाइ थियो ।
नेपालको शान्ति प्रक्रियाका बारेमा कोलम्बियाका विदेशमन्त्रीले विशेष चासो राखेर सोधखोज गर्नुभयो र नेपाल भ्रमण गरेर थप जानकारी लिने बताउनुभएको छ,ुभेटबारे जानकारी दिँदै परराष्ट्रमन्त्री महतले भने। विगत ६० वर्षदेखि द्वन्द्वमा रहेको कोलम्बियामा सरकार र विद्रोही फार्क समूहबीच विगत केही महिनादेखि शान्ति प्रक्रिया अगाडि बढेको छ। नेपालको शान्ति प्रक्रियालाई विश्वलेनै अनुकरणीय मानेको पराष्ट्रमन्त्री महतको भनाई थियो।
यस्तै, मङ्गोलिया, सर्बिया लगायतका मुलुकका प्रतिनिधिले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माण पछिको अवस्थाका बारेमा परराष्ट्रमन्त्रीसँग विशेषरुपमा नै चासो राख्दै नेपालको संविधान निर्माण र शान्तप्रक्रियाको विषय अनुकरणीय रहेको टिप्पणी गरेको परराष्ट्र सचिव शङ्करदास बैरागीले बताए। यस्तै, परराष्ट्रमन्त्री डा महत र पाकिस्तानका प्रधानमन्त्री नवाब सरिफबीच समते भेटवार्तामा भएको थियो। भेटमा प्रधानमन्त्री सरिफले नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखेका थिए। प्रधानमन्त्री सरिफले परराष्ट्रमन्त्री डा महतमार्फत समकक्षी पुष्पकमल दाहाल प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको पूर्णताको समेत कामना गरेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्