×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्कूलमा बम आतंक मच्चाउने समूहका नाईकेले भने – ‘बम राख्ने डिजाइन मेरो हो, हामीले जनयुद्धलाई निरन्तरता दिइरहेका छौं’

LAXMI SUNRISE BANK

स्कूलमा बम आतंक मच्चाउने समूहका नाईकेले भने – ‘बम राख्ने डिजाइन मेरो हो, हामीले जनयुद्धलाई निरन्तरता दिइरहेका छौं’

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मंगलबार काठमाडौंका करीव एक दर्जन स्कूलमा बम राखेर आतंक मच्चाउने माओवादीका पूर्वलडाकुहरुको अर्धभूमिगत समूह रहेको पत्ता लागेको छ ।
विद्यालयमा बम राख्न निर्देशन दिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका नेता भनिने मीन देवकोटा मंगलबार घटनाको जिम्मेवारी लिएका छन् ।
देवकोटाले भने, ‘आज स्कुलमा बम मैले राखेको हुँ । डिजाइन मेरो हो ।’
घटनास्थलमा ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’ तथा ‘योङ कम्युनिष्ट फोर्स नेपाल’को नामको पर्चा भेटिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै हतियार नबुझाई क्रान्तिकारी कम्युनिस्ट केन्द्र खोलेका केही व्यक्तिले बम आतंक मच्चाएको पुष्टि भएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग मिल्दोजुल्दो नाम भएको यही समूहले गत साउन ६ गते काठमाडौंको स्वयम्भुस्थित डल्लुमा एक विद्यालयको बस जलाएको थियो भने राई स्कुलमा तोडफोड गरेको थियो ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’सँग आवद्ध विद्यार्थी संगठनले मंगलवारको घटनाको जिम्मा लिएको छ । आफूलाई ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’को अध्यक्ष बताउने मीन देवकोटाले आफूहरुले जनयुद्धलाई निरन्तरता दिइरहेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी