
नेकपा माओवादी केन्द्रले आगामी कात्तिक ११ र ११ गते राष्ट्रिय सम्मेलनहुने भएको छ । सम्मेलनले महाधिवेशन आयोजक समितिको आकार सम्बन्धि निर्णय लिनेछ।
माओवादी केन्द्रको सचिवालयमा सोमबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले २ हजार ४ सय ८३ सदस्यीय आयोजक समिति घटाउनका लागि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। आकार ठूलो भएका कारण समितिको बैठक बस्न सकिरहेको छैन।
महाधिवेशन आयोजक समितिको आकार ठूलो भएको भन्दै पार्टीभित्रै आलोचना भएपछि समितिलाई चुस्त बनाउन निर्णय लिने भन्दै सचिवालयको बैठक बसेको हो। तर, अहिलेको समिति भंग गर्नेमा सबै एकमत भएपनि नयाँ समितिमा को(को रहने भन्नेमा विवाद् भएपछि यसका विषयमा निर्णय लिन सचिवालय बैठकले राष्ट्रिय सम्मेलन बोलाएको हो।
पार्टीलाई चुस्त दुरुस्त बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएका कारण संगठन सम्बन्धी आवश्यक निर्णय लिनका लागि राष्ट्रिय सम्मेलन डाकिएको पार्टी प्रवक्ता पम्फा भुषालले बताइन्। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग सचिवालय सदस्यहरुले भारत भ्रमणबारे जिज्ञासा राखेका थिए। कतिपय सदस्यहरुले संविधानको विषय र अन्र्तराष्ट्रिय मञ्चहरुमा भारतसँग साझा धारणा बनाएर अगाडि बढ्ने बुँदा २५ बुँदे वक्तव्यमा समावेश गरेकामा असन्तुष्टि जनाएका थिए। जवाफमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने नेपालको अहित हुने गरी कुनै सम्झौता नगरेको बरु आफ्नो भ्रमणपछि भारतसँगको सम्बन्ध सुमधुर भएको दाबी गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्