
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारका अभियुक्तहरुलाई माफी दिन मुद्दा फिर्ताको तयारी थालेका बेला पीडित परिवारले भने कडा आपत्ति जनाएका छन् ।
टीकापुरमा बिभत्सढंगबाट मारिएका इनेस्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले मुद्दा फिर्ता लिए गृहमन्त्री र सरकारबिरुद्ध कानुन लडाई लड्ने चेतावनी दिएकी छिन् । ‘हत्यारालाई राज्यले सजाय दिने हो, तर राजनीतिक आवरणमा माफी दिन थालिएको छ’ आक्रोसित हुँदै शारदाले भनिन् ‘हामीले राज्यसँग केही मागेका छैनौ, केवल न्याय मागेका छौ, मान्छे मार्ने हत्यारालाई उन्मुक्ति दिने हो भने यो देशमा सजाय कसले पाउने ?’
गृहमन्त्री निधिप्रति पीडित प्रहरी परिवार आक्रोसित बनेका छन् । ‘गृहमन्त्रीज्यू विधुवा तपाईकी पत्नी होइन हामी भएका हौ, टुहुरा बालबालिका हाम्रा भए’ शारदाले भनिन् ‘जीवनको अन्तिमसम्म लडाईका लागि लड्न हामी तयार छौ ।’ उनले न्यायका लागि आफुहरु सवै कानुनी लडाई लड्ने चेतावनी समेत दिएकी छिन् ।
टीकापुर नरसंहारमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इनेस्पेक्टर केशव बोहरा लगाएत आठ प्रहरी र एक नावालकको हत्या भएको थियो । टीकापुर घटनालाई राजनीतिक घटना भन्दै प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले तयारी थालेका छन् । घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई दिल्लीको ताज होटलमा भटेर मुद्दा फिर्ताका लागि मन्त्रिपरिषदमा छलफल गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका थिए भने गृहमन्त्री निधिले कानुन मन्त्रालय र महान्यायाधीबक्ता रमण श्रेष्ठसँग छलफल गरिसकेका छन् ।
टीकापुर नरसंहारलाई राजनीतिक घटना भन्दै सरकारले मुद्दा फिर्ताको तयारी थालेपछि पीडित परिवारले प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालसँग भेट गरेका छन् । उनीहरुले पीडित प्रहरी परिवारसँग उभिन आइजीपीलाई आग्रह गरेका छन् ।
आइजीपी अर्यालले बरु पदबाट हट्ने तयार भएको जनाउँदै मुद्दा फिर्तामा आफ्नो सहमति नहुँने विश्वास पीडित परिवारलाई गराएका छन् । ‘आइजीपीबाट हटाइन्छ भने पनि म डराउँदिन, प्रहरीका परिवारलाई न्याय दिन नसके किन प्रहरी प्रमुख भएछ बस्नु’ उनले पीडित परिवारसँग भने ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्