×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जा मन्त्रीकाे जिल्लामा विद्युत् लाइन काटियाे

LAXMI SUNRISE BANK

ऊर्जा मन्त्रीकाे जिल्लामा विद्युत् लाइन काटियाे

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – ऊर्जा मन्त्री जनार्दन शर्माले विद्युत् महसुल नबुझाउने ग्राहकहरुको बिद्युत लाइन काट्ने अभियान शुरु गरेसँगै रुकुममा पनि यसको कार्यान्वयन थालिएको छ ।
रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समिति रुकुमले पनि बिद्युत महशुल लामो समय सम्म नतिर्ने ग्राहकहरुको लाईन काट्ने अभियान जारी राखेको हो ।
यस अभियानमा ४ सय बढी ग्राहकहरुको लाइन काटिएको छ । उपभोक्ता समितिका अध्यक्ष जोखबहादुर मल्लका अनुसार ऊर्जा मन्त्रीको अभियानलाई सघाउन रुकुममा पनि महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने अभियान थालिएको हो ।
उनले आगामी दिनहरुमा पनि निरन्तर रुपमा अघि बढ्ने बताए । ‘रुकुमका करिब ४ सय बढी ग्राहकहरुको लाइन काटिएको छ’ अध्यक्ष मल्लले भने, ‘लाइन काट्ने अभियान शुरु भएसँगै विद्युत् महशुल बुझाउने पनि बढेका छन् ।’
कार्यालयका अनुसार करिब ४ सय लाइन काटिएकोमा ३ बढी ग्राहकले महशुल तिरेर पुनः जडान समेत गरिसकेका छन । जसबाट ४ लाख बढी रकम महशुल उठेको छ ।
अब करिब १ सय ग्राहकबाट वक्यौता उठाउन बाँकी रहेको छ । तिनीहरुले पनि दैनिक कार्यालयमा आएर महशुल बुझाउँदै लाइन पुनः जोड्ने काम भैरहेको छ ।
हाल रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिमा करिब ३३ सय ग्राहकहरु रहेका छन् । विद्युत् महशुल नबुझाउनेहरुमा सर्बसाधारण, कार्यालय, ब्यापारीदेखि राजनैतिक दल र नेता कार्यकर्ता पनि रहेका छन ।
उपभोक्ता समितिले ३ महिना भन्दा लामो समय सम्म महसुल नबुझाउने ग्राहकहरुको लाईन काट्दै आएको थियो । रोकिएको यो अभियान ऊर्जा मन्त्री शर्माले देशब्यापी सञ्चालन गरेपछि रुकुममा पनि कार्यन्वयनमा ल्याइएको हो ।
  • नेपाल आज
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी