
काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले साताको चार दिन केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको गुनासो सुन्ने भएका छन् ।
१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले बूढानीलकण्ठस्थित आफ्नै घरमा राजनीतिक र कार्यकर्ता भेटघाट गर्दै आएका थिए ।
‘सभापतिमा निर्वाचित भएदेखि नै केन्द्रीय कार्यालय भेटघाटका लागि तालिका बनाउन खोजेका थियौँ, तर पार्टीकै आन्तरिक चुनावले गर्दा सम्भव भएन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘बिहीबारबाट सभापति केन्द्रीय कार्यालय आउन थाल्नुभयो । अब साताको कम्तीमा चार दिन कार्यालय आउने तालिका बनाउँदै छौँ ।’
१३औँ महाधिवेशनका लागि उनले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए । निवास टाढा भएकाले देउवालाई केन्द्रीय कार्यालयमा भेटघाट गर्ने व्यवस्था मिलाउन नेता कार्यकर्ताले सुझाब दिँदै आएका थिए ।
सभापतिमा निर्वाचित भएको ६ महिनापछि देउवाले पहिलो दिन बिहीबार बिहान नौदेखि साढे १२ बजेसम्म कार्यालयमा बिताएका थिए ।
साढे तीन घन्टा कार्यालयमा बस्दा देउवाले नेता–कार्यकर्तासँग सामूहिक र व्यक्तिगत भेटघाट गरे ।
- नयाँ पत्रिकाबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्