×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत- पाकिस्तान सीमाका १ हजार गाउँ खाली गराइयो

LAXMI SUNRISE BANK

भारत- पाकिस्तान सीमाका १ हजार गाउँ खाली गराइयो

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारत र पाकिस्तानबीच युद्ध हुने अन्तिम संकेत देखिएको छ । उरी आक्रमणको बदला भन्दै भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल अपरेशन गरेपछि दुई देश युद्धको संघारमा पुगेका हुन् । भारतले पाकिस्तानी भूमिमा ४ घण्टामा ४० आतंकवादी मारेको दावी गरेको छ ।
दुई देशबीच युद्धकको बादल मडारिएपछि सीमावर्ती गाउँका एक हजार गाउँ खाली गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । युद्धको संकेत देखिएपछि पञ्जाब र जम्मूमा सीमा क्षेत्रमा रहेका गाउँ खाली गराइएको हो । समुन्द्रमा गएका डुङ्गाहरुलाई पनि फिर्ता बोलाइएको छ ।
पञ्जावको सीमा क्षेत्रमा मात्र १००० गाउँ खाली गराइएको समाचारमा उल्लेख छ । अर्को आदेश नभए सम्मका लागि सबै कलेज तथा स्कुल बन्द गर्ने आदेश अधिकारीहरुले दिएका छन् । सीमा क्षेत्रको १० किलोमिटर सम्म गाउँ खाली गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
अधिकाँश सीमावर्ती क्षेत्रमा मानिसहरुबीच भागभाग शुरु भएकको छ । कुन बेला कताबाट आक्रमण हुन्छ भन्ने त्रासले मानिसहरुले भागाभाग गर्न थालेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी