
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – सिन्धुली यातायात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् ।
मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको दुर्घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।
सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए। सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् ।
यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए।
यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेस्र्याएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दर्जनौं यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौँबाट सिन्धुली हुँदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्