
भारत भ्रमणका क्रममा आफ्नो विषयलाई लिएर नेपालमा आलोचना भएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सीताले दुःख व्यक्त गरेकी छन् ।
आफ्नो नाम जोडेर प्रधानमन्त्रीको बेइज्जत गर्नेे कोसिस भएको भन्दै सीताले चित्त दुःखाएकी हुन् । नेपालमा रहेका पारिवारिक सदस्यसँगको टेलिफोन कुराकानीमा उनले अकारण आफूविरुद्ध सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले प्रचार गरेको भन्दै आक्रोश पोखेकी हुन् । ‘मेरो फोनमा कुराकानी भएको थियो, आमाले आफ्नो नाम जोडेर प्रधानमन्त्रीको भारत भ्रमण असफल पार्ने नियतका साथ गलत प्रचार भएकोमा दुःख मान्नुभयो’, प्रचण्डपुत्री रेणुले सीताको भनाइ उद्धृत काठमाण्डुुटुडेसँग भनिन्, ‘मलाई जसरी सजिलो (कम्फर्टेबल) भयो, त्यसरी नै बसें, त्यो कुनै कूटनीतिक मर्यादाविपरीत थिएन ।’
रेणुका अनुसार सीताले आफ्नो कारण श्रीमानलाई समेत तनाब हुने गरी अतिरञ्जित प्रचारबाजी भएको भन्दै दुःख व्यक्त गरेकी छन् । रेणुले पनि आफ्नी आमाबारे मिडियामा गलत प्रचार भएको दाबी गरिन् । प्रधानमन्त्रीले मुलुकको अहितमा कुनै सन्धि सम्झौता नगरेपछि विरोधको मसला बनाउन आफ्नी आमाको बसाइबारे टिप्पणी गरिएको जिकिर उनको छ । ‘प्रचण्डले देशै बेचेर आउँछ भन्ने हल्ला पिटाइएको थियो, उहाँले मुलुकको अहितमा केही गर्नुभएन’, रेणु भन्छिन्, ‘विषय केही नपाएपछि ‘कसरी उभियो, कसरी हिंड्यो ।
कसरी खायो भनेर कमेन्ट गरियो ।’ अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिका पत्निहरु समेत विदेशी राष्ट्रप्रमुख सँगको भेटमा आफ्नी आमा जसरी नै उभिएको तस्बीर सार्वजनिक भइरहेको तर्क गर्दै रेणुले उक्त विषय कूटनीतिक मर्यादाविपरीत भन्नु पूर्वाग्रह मात्र भएको उल्लेख गरिन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको भेटका क्रममा सीताले हात बाँधेर उभिएको तस्बीर सार्वजनिक भएपछि कूटनीतिक मर्यादाविपरीत भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्