
काठमाडौ । ‘कांग्रेस डुवाउने शेरबहादुर देउवा, देउवा डुवाउने विमलेन्द्र निधि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उनकै बोली मात्र सुन्छन् । निधिको बोली मात्र कांग्रेसको आधिकारिका धारणा ठान्छन् । निधि त केन्द्रीय सदस्य मात्र हुन म त कोषाध्यक्ष हुँ मेरो कुरै सुन्दैनन्’, आइतबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले गरेको गुटगत भेलामा मन्त्री तथा पार्टी कोषाध्यक्ष सीतादेवी यादवले गुनासो गरिन्, ‘जति बेला पनि भारत रिसाउछ, रिसायो भने सवै समाप्त हुन्छ भन्छन् निधि, म भारतकै छोरी हुँ, नेपालकी बुहारी तर मलाई नेपालकै माया छ ।’
संविधान संशोधनका बिषयमा पार्टीको धारणा बनाउन र त्यसका लागि केन्द्रीय समितिको बैठक बोलाउन दवाव दिने रणनीति बनाएर पौडेल पक्षको भेला बसेको थियो । तर बैठक अबधिभर उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिकै चर्चा र आलोचना भयो । बिमलेन्द्रले भारत देखाएर सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई आफ्नो चंगुलमा पारेको पौडेल पक्षले ठहर गरेको छ ।
वर्तमान सरकार टिकाउन र भारतलाई सोझो बनाउन निधिले सक्नेमा प्रचण्ड ढक्क देखिन्छन् भने भावी प्रधानमन्त्री बनाउन भारतलाई दाहिने निधिले नै बनाउने आत्मविश्वास देउवालाई छ, बैठकमा सहभागि नेताहल यस्तो निस्कर्ष निकालेको स्रोतले बताएको छ ।
पौडेल पक्षको भेलाले गिरिजाप्रसाद कोइरालाको काखमा बसेर कृष्णप्रसाद सिटौलाले गुट जन्माएजस्तै निधिले देउवाको काखमा बसेर गुट निर्माण गरेको आरोप पनि लगाएको छ । उनले जे भन्छन् देउवाले त्यही मान्ने गरेको र त्यसविरुद्ध आफुहरु उत्रिने निर्णय समेत पौडेल पक्षले गरेको छ । मन्त्री छान्दा जसरी निधिले हालीमुहाली गरे पार्टी पदाधिकारी चयन गर्दा पनि त्यसैगरी हाली मुहाली गर्ने आशंका पौडेल पक्षले गरेको छ ।
देउवाले पार्टीको उपसभापति निधिलाई बनाउने निस्कर्ष भेलाले निकालेको छ । महामन्त्री र सहमहामन्त्री पनि उनलै रोजेका ब्यक्ति हुने तर्क बैठकमा नेताहरुले गरेका थिए । भारत रिसाउछ भन्दै उनले देउवालाई पार्टी भित्र र सरकारमा प्रचण्डलाई तर्साउने गरेका छन् ।
पौडेल पक्षले संविधान संशोधनका लागि पार्टीको आधिकारीक धारणा बनाउन केन्द्रीय समिति बैठकको माग गरेका छन् । तर देउवा र निधि भने केन्द्रीय समितिको बैठक तत्काल नबोलाउने पक्षमा उभिएका छन् । उनीहरुले बैठकमा सरकार र निधिको आलोचना हुने संकेत पाएपछि बैठक नवोलाउने निस्कर्षमा पुगेका हुन् ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्