
स अगाडिको मुख्य सचिव लिलामणी पौडेल यतिसम्म खरा थिए कि गलत कुरा उठेको खण्डमा मन्त्री मात्र होइन प्रधानमन्त्रीलाई समेत थर्काउन सक्ने हैसियत राख्थे । तर हालका मुख्य सचिव सोमलाल सुवेदी पछिल्लो चरणमा प्रधानमन्त्री प्रचण्डको निर्देशन शिरोपर गर्दा विवादमा तानिएका छन ।
लोकमानको फाइलको चर्चा अझैं सेलाएको छैन । अहिले यो प्रकरणसँग कर्मचारीहरुको नाइके अर्थात मुख्य सचिव सोमलाल सुवेदी समेत जोडिन पुगेका छन ।
लहरो तान्दा पहरो थर्किए झैं यो प्रकरणमा पुष्पकमल दाहाल प्रचण्डदेखि मुख्यसचिव सोमलाल सुवेदीसम्म फस्ने देखिएपछि सोमलालले लाचरी प्रकट गरे । उनले लोकमानको तीनपुस्ते फाइल आफूसँग रहेको बताएका छन् ।
रहस्यमय त यो छ कि, भूकम्पमा हराएको भनिएको फाइल सोमलालका दराजमा कसरी पुग्यो ? ‘सर्वोच्चको त्यत्रो आदेशबारे सोमलाललाई थाहा थिएन ? सरकारका हरेक माइन्युट लेख्ने त्यत्रा व्यक्तिले कसरी यस्तो लाजमर्दो काम गरेका ?’, स्रोतले भन्छ, ‘अब उनको नियतबारे पनि अदालतमा चर्चा हुनेछ ।’
स्रोतका अनुसार लोकमानलाई दक्षिणी छिमेकीको आशीर्वाद रहेका कारणले सरकारले बचाउन खोजेको थियो । तर, लोकमानले नै प्रधानमन्त्री प्रचण्डको जागिर खानेगरी लडाकुको क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारका विषयमा छानविन थाल्ने धम्की दिएपछि सोमलालले सरकारले लुकाएको फाइल आफूसँग रहेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा उक्त फाइल मुख्यसचिव सुदेवीले राखेका थिए ।
प्रचण्डले लडाकु शिविरभित्रको भ्रष्टाचारको विषयमा समेत छानबिन हुनसक्ने डरले फाइल सुवेदीलाई लुकाउन लगाएका थिए ।
सुवेदीसँग रहेको फाइल सरकारले सर्वोच्चमा पेस गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फाइल सर्वोच्च अदालतमा पेस गर्ने भएको हो ।
हराएको भनेर दिएको जवाफलाई सर्वाेच्चले गैरजिम्मेवार ठहर गर्दै ७ दिनभित्र फाइल नबुझाए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने अर्काे आदेश दिएपछि सरकारले हराएको सो फाइल सर्वाेच्च अदालतलाई पठाउने तयारी अघि बढाएको हो ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्