×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनलाई लाग्यो अहिलेसम्मको सबैभन्दा ठूलो झड्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीनलाई लाग्यो अहिलेसम्मको सबैभन्दा ठूलो झड्का

Artha Sarokar

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– चीनको स्पेस कार्याक्रमलाई निकै ठूलो झड्का लागेको छ । चीनको पहिलो स्पेस स्टेसन तियोगयोग–१ नियन्त्रणभन्दा बाहिर गएर पृथ्वीतर्फ अघि बढीरहेकाले उसलाई यस्तो झड्का लागेको हो ।

सो सँगै ८.६ टनको यस स्पेस स्टेशन २०१७ सम्म पृथ्वीमा आइपुग्ने छ । चिनियाँ वैज्ञानिकले भने यो पृथ्वीमा प्रवेश गर्नासाथ जल्ने बताएका छन् ।

वैज्ञानिकका अनुसार यो पृथ्वीको कुन क्षेत्रमा झर्छ भन्ने अनुमान लगाउन मुस्किल छ ।

यस स्पेस स्टेशनको चीनले अन्तरिक्ष क्षेत्रमा पावरफूल बन्नका लागि २०११ मा लन्च गरेको थियो । मानवरहित यस स्पेसले आफ्नो लक्ष्य भने पुरा गरिसकेको छ । केही प्राविधिक समस्याका कारण वैज्ञानिकले यसमा आफ्नो नियन्त्रण गुमाएको बताइएको छ ।

१७ फिट लामो र ११ फिट चौडाइ रहेको यो स्पेश २०१७ को मध्यतिर पृथ्वीमा झर्न सक्ने छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी