- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैद्य माओवादीले आफ्ना नेता पक्राउ गरेको विरोधमा आइतबार उपत्यका बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
जबरजस्ती चन्दा असुली गरेको आरोपमा बुधबार काठमाडौंको बागबजारबाट पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । माओवादीले जबरजस्ती चन्दा दिन बाध्य नपारेको जानकारी दिइएको छ । यद्यपी उसले आर्थिक संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यसहित ११ जनालाई परिचालन गरेको जनाएको छ ।
पार्टी कार्यालयबाट प्राप्त जानकारी अनुसार ८ गते शनिबार (भोलि) दिउँसो सिठ्ठी जुलुस र ९ गते काठमाडौं उपत्यका बन्दको कार्यक्रम रहेको छ ।