×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले दिने अनुदान रकम कपिलवस्तुका उखु किसानले पाएनन्

LAXMI SUNRISE BANK

सरकारले दिने अनुदान रकम कपिलवस्तुका उखु किसानले पाएनन्

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलवस्तु- सरकारले दिने २ करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् । गत वर्ष कपिलवस्तुको जवभारीमा रहेको महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई २ करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।

नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको हुँदा सरकारले रकम दिने अश्वासन दिएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ मात्र दिएका थिए । बाँकी २५ रुपैयाँ सरकारले दिने समझैता भएको थियो ।

किसानलाई १ वर्ष बित्दा समेत सरकारले रकम दिन आनाकानी गरिरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । कपिवलस्तुका ५ हजार किसानले अनुदान रकम नपाएको बताएका छन् । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन् ।

कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको शिवराज नगरपालिका मोतिनगरका रामकिशोर चौधरीले बताए । अन्य जिल्लाका किसानले रकम बुझिसके हामीले कहिले रकम पाउने भन्दै कपिलवस्तु बहादुरगन्जका रामेश ठाकुरले अक्रोश व्यक्त गरे ।

कपिलवस्तुका किसानको सयदेखि ५ हजार क्विन्टलसम्मको रकम नपाएको बताएका छन् । महालक्ष्मी सुगर्स प्रालि जवभारीका उखु प्रबन्धक हरिनारायण चौधरीले मिलमा छिमेकी मुलुक भारतको पनि उखु आउने भएकाले समय अभावले गर्दा तत्काल काम गर्न कठिनाइ भएको बताए । कागजपत्र ढिलो पठाइएको स्वीकार गर्दै अब चाँडै नै मन्त्रालयबाट रकम निकासाका लागि पहल गर्ने उखु प्रबन्धक चौधरीले बताए |

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी