Skip to content
LAXMI SUNRISE BANK

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यकः सुजाता

अर्थ सरोकार

काठमाडौँ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने बताएकी छन् ।
नेपाली काँग्रेस पाल्पा–काठमाण्डु सम्पर्क समितिले आयोजना गरेको ‘दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा सम्मान’ कार्यक्रममा नेत्री कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताइन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरिन्।
उनले भनिन्, ‘पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरु चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।’
काँग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताए।

  • काठमाडौँ टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK