
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले हरेकदिन आफ्नो मन्त्रालयमा गैरकानुनी काम गराउन दुई सय मान्छेले घेरा हाल्ने गरेको खुलासा गरेका छन्। मन्त्री कार्कीले अवैधानिक काम गराउन बिहानदेखि बेलुकीसम्म मन्त्रालयमा लाग्ने ताँतीले आफू दिक्क भएको बताए।
बुधबार माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित अन्तरकलेज दोस्रो क्रान्तिकारी फुटसल कपको उद्घाटन गर्दै मन्त्री कार्कीले भने, ‘युवा विद्यार्थीहरुले सरकारका गलत कामकाविरुद्ध खवरदारी गरिरहनुपर्छ ।’ कार्कीले युवाहरुलाई सडकमा वसेर सदैव सत्ताका गलत हर्कतको विरुद्ध आवाज उठाइरहन अपिलसमेत गरे।
तिनदिन सम्म चल्ने उपत्यकाब्यापी अन्तरकलेज प्रतियोगितामा उपत्यकाका ३६ वटा कलेजका टिमले भाग लिएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३३ हजार ३३३ र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष पवन कार्कीले बताए।
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्