
राष्ट्रपति विद्या भण्डारीका सल्लाहकार सुशील प्याकुरेलले दर्ताबिनै एनजीओ सञ्चालन गर्दै आएको खुलासा भएको छ। प्याकुरेल अध्यक्ष रहेको ‘एलाइन्स फर सोसल डाइलग’ नामक एनजीओ बिनादर्ता सञ्चालन हुँदै आएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई कारवाही गर्न पत्राचार गरेको छ ।
आइतबार आयोगले प्रेस विज्ञप्ती जारी गरेर कनकमणि दीक्षितसमेत सदस्य रहेको ‘सोसल साइन्स डायलग’ नामक संस्थाले बिना दर्ता संचालनमा आएको ‘एलाइन्स फर सोसल डाइलग’लाई ठूलो मात्रामा रकम समेत दिएको जनाएको छ ।
संस्था दर्ता ऐन २०३४ को उपदफा ९१० अनुसार दर्ता नगरी कसैले पनि संस्था स्थापना गरेमा संस्थाका प्रवन्ध समितिका सदस्यहरुलाई स्थानीय अधिकारीले जरिवाना गर्न सक्ने प्रावधान भएको उल्लेख गर्दै आयोगले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई प्याकुरेलसहित संस्थाका सदस्यहरु अमुदा श्रेष्ठ, विमला राई, हिरालाल विश्वकर्मा, मुक्ता सिंह, शशि अधिकारी, सुरेन्द्र लाभ कर्ण र निर्देशक हरि शर्मालाई कारवाहीका लागी पत्राचार गरेको हो ।
समाज कल्याण परिषद्का पदाधिकारीसँगको मिलेमतोमा पत्रकार कनकमणि दिक्षीत सदस्य रहेको ‘सोसल साइन्स बाहा’ले विदेशी दाताहरुबाट गरीब नेपाली जनताको नाममा करोडौं ल्याउँदै बाँडीचुँडी खाने गरेको भेटिएको छ ।
यसरी गरीब नेपालीको नाममा रकम ल्याएर दुरुपयोग गर्ने सोसल साइन्स बहाका अध्यक्ष निर्मलमान तुलाधर हुन् । बसन्त थापा उपाध्यक्ष, डा। सुधीन्द्र शर्मा महासविच, मोहन मैनाली कोषाध्यक्ष तथा निर्मल ज्ञवाली र दीक्षित सदस्य रहेको सोसल साइन्स बाहासँग ‘एलाइन्स फर सोसल डाइलग’को आवद्धता देखिएको अख्तियारले जनाएको छ ।
‘सोसल साईन्स बाहा’ र ‘एलाइन्स फर सोसल डाइलग’ले निमुखा नेपाली जनताको नाममा आएको पैसा दुरुपयोग गरेको भन्दै उजुरी परेपछी छानविनाका क्रममा समाज कल्याण परिषद्ले सम्वन्धीत संस्थाहरुको सम्पुर्ण कागजात उपलब्ध नगराएको उल्लेख गर्दै आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यी दुईओटा संस्थाले सन् २०१२ देखि २०१६ सम्म मुलुकमा ब्याप्त संक्रमणकालको ब्याख्या गरेर २२ ओटा दातृ संस्थाहरुबाट ४७ करोढ ९१ लाख प्राप्त गरेको देखिएको छ, संस्थाले गरेको खर्चको सम्वन्धमा अझै छानविनको आवश्यकता देखिन्छ ।’
विदेशी दातृ निकायहरुबाट प्राप्त करीब ३० करोड रकम मध्ये बिगत पाँच बर्षमा एलाइन्स फर सोसल डाइलगले १३ करोड भन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।
राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले ‘एलाइन्स फर सोसल डाइलग’बाट एक दिनको बैठक भत्ताबापत ३१ हजार आठ सय बुझ्ने गरेको अख्तियारले जनाएको छ । त्यसबाहेक प्याकुरेलले गैरनाफामुलक संस्थाबाट बोनस समेत लिने गरेको खुलेको छ ।
त्यस्तै संस्थाका निर्देशक हरि शर्माले मासिक रुपमा उक्त संस्थाबाट ४ लाख ६८ हजार तवल बुझ्ने गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । यता सोसल साईन्स बाहाका डाइरेक्टरले मासिक १ लाख ५४ हजार तलव बुझ्नुका साथै निजहरुले आफ्नै संस्थाले संचालन गरेको परियोजनाहरुको कन्सल्ट्याण्ट भएर परियोजना पिच्छे अलग्गै पारिश्रमीक समेत बुझ्ने गरेको आयोगले जनाएको छ ।
नाफामुलक संस्थाले झै बोनस बाँड्दै आएका उक्त संस्थाहरुले उद्देश्य बमोजिमका कार्यक्रमहरुमा रकम खर्च गरेको भन्ने पुष्टि हुने पर्याप्त आधारहरु नभएको र दाताहरुबाट सहयोग लिएको रकम सारभुत रुपमा कार्यक्रमहरुमा खर्च नगरी ब्यक्तिगत स्वार्थ र हितमा खर्च गरेर सिध्याएको भन्दै आयोगका सहप्रवक्ता एवम् सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संस्थाका पदाधिकारीहरुले तलवभत्ता, विदेश तथा स्वदेश भ्रमण, होटल, पिकनिक, मदिरा सेवन लगायका कार्यमा खर्च गर्ने गरेको देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्