
काठमाडौं – बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणका लागि सरकारले चार महिनामा सवा २ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ । सरकारले जेठ १५ को बजेटमा यस परियोजनाका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लाग्ने घोषणा गरेअनुसार यो परिमाणमा रकम संकलन गरेको हो ।
बजेटपछि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ‘बूढीगण्डकी परियोजना निर्माण लागत’ शीर्षकमा पूर्वाधार कर संकलन गर्दै आएको छ । जसअनुसार जेठ १६ देखि भन्सार विन्दुबाट सरकारले पेट्रोलियम पदार्थ पूर्वाधार कर लगाउन सुरु गरेको थियो ।
चालू आवको भदौसम्म २ अर्ब ३३ करोड रुपैयाँ पूर्वाधार कर उठेको छ । “आयातका आधारमा पेट्रोलियम पदार्थमा कर लाग्ने हो,” नेपाल आयल निगमका प्रवक्ता भानु खनालले भने, “हरेक महिनामा पूर्वाधार कर धेरै फरक हुँदैन किनकि परिमाणका आधारमा कर निर्धारण गर्ने गरिएको छ, अन्तरराष्ट्रिय मूल्य परिवर्तन भए केही फरक पर्दैन ।”
पूर्वाधार करवापत असार महिनामा सबैभन्दा बढी संकलन भएको देखिन्छ । असारमा ७६ करोड लाख करोड रुपैयाँ पूर्वाधार कर संकलन भएको छ । जेठको १५ दिनको अवधिमा ४२ करोड ९१ लाख, साउनमा ५२ करोड ७१ हजार र भदौमा ६१ करोड ५७ लाख रुपैयाँ बूढीगण्डकीका लागि संकलन भएको खनालले जानकारी दिए ।
नाकाबन्दीको अभाव असारसम्म परेकाले त्यतिबेला इन्धनको आयात बढी थियो । त्यही कारण असारमा बढी पूर्वाधार कर उठेको हो । “निगमको पैसाले नै बूढीगण्डकी निर्माण हुने भयो,” प्रवक्ता खनालले भने, “यो सकारात्मक पक्ष हो ।”
भारतको नाकाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भन्दै निगमले मूल्य घटाउन आनाकानी गर्दै आएको छ । भारतको रक्सौलभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ११ र डिजेलमा १८ रुपैयाँ सस्तो छ ।
“भारतभन्दा मूल्य सस्तो गरे नेपालको पेट्रोलियम पदार्थ भारततिरै जाने सम्भावना बढी हुन्छ,” निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले भने, “त्यही कारण कुनै पूर्वाधार निर्माणका लागि रकम छुट्टयाए राम्रो हुन्छ ।”
निगमलाई विभिन्न करका साथै पूर्वाधार कर, मूल्य स्थिरीकरण कोष र निगमकै पूर्वाधार निर्माणका लागि रकम छुट्टयाए पनि ठूलो रकम नाफा छ । पछिल्लो १५ दिनको अवधिमा १८ करोड रुपैयाँ नाफा हुने अनुमान छ ।
निगमको पूर्वाधार विकासका लागि पेट्रोल र डिजेलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ५, हवाईइन्धनमा २० र ग्यासमा प्रतिसिलिन्डर १४२ रुपैयाँ छुट्याइएको छ । यति रकम छुट्याउँदा पेट्रोलमा साढे ३ रुपैयाँ, डिजेलमा २.३३, हवाईइन्धन १२.४१ र ग्यासमा ३४ रुपैयाँ नाफा छ ।
- कारबार दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्