×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओली सरकारका यी मन्त्री टेलिकमको दुई करोड पर्ने गाडी बोकेर टाप !

LAXMI SUNRISE BANK

केपी ओली सरकारका यी मन्त्री टेलिकमको दुई करोड पर्ने गाडी बोकेर टाप !

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – तत्कालिन केपी शर्मा ओली सरकारका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको गाडी र चालक जबरजस्ती लगेका छन् ।
मन्त्री पद खुस्केको दुई महिना पुग्न लाग्दासमेत राईले खुलेआम टेलिकमको महंगो गाडी चढेर हिड्ने गरेका छन् । उनले नेपाल टेलिकमको नेपाली बजारमा करिब २ करोड पर्ने बा १० च ७१६३ नम्बरको मिसुबीसी कम्पनीको पजेरो लगेको टेलिकम स्रोतले जनाएको छ ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार कुनै पनि पूर्वमन्त्रीले यसरी टेलिकमको गाडी दिन दबाब नदिएको तर राईले थर्काएरै टेलिकमको गाडी लगेको बतायो । मन्त्री पद खुस्किसकेको व्यक्तिले यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु अनुचित कार्य भएको मन्त्रालय स्रोतको भनाइ छ ।
यस विषयमा टेलिकम स्रोतलाई बुझ्दा राईलाई गाडी फिर्ता गर्न पटक–पटक ताकेता गरेको भएता पनि उनले फिर्ता गर्न अस्वीकार गरेको भन्दै अव यस विषयमा आफूहरु थाकिसकेकाले अब केही नबोल्ने बताउँछ ।
यसअघि प्राडो चढेका राई प्राडो फिर्ता गरेर त्योभन्दा गुणस्तरीय गाडी बोकेर हिँडेको स्रोतको दाबी छ ।
मन्त्री पद खुस्किएको केही दिनसम्म मन्त्रालय र मातहतको निकायको गाडी चढ्नु स्वभाविक भएता पनि यतिका लामो समयसम्म प्रयोग गर्नु आपत्तिजनक र राज्य स्रोतको ठाडो दोहन गर्नु हो ।
यसअघि पनि मन्त्रीले पद खुस्किएपनि सरकारले उपलब्ध गराएको गाडी लिएर हिँड्ने गरेका थुप्रै घटनाका कारण बदनामी हुनुपरेका थुप्रै उदाहरण छन् ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी