×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफुलाई स्वस्थानी माता चढेको भन्दै रत्नपार्कको गल्लीमा बसेर ठग्ने यी ‘कथित माता’ को रेट ५००० !

LAXMI SUNRISE BANK

आफुलाई स्वस्थानी माता चढेको भन्दै रत्नपार्कको गल्लीमा बसेर ठग्ने यी ‘कथित माता’ को रेट ५००० !

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सबिना बानियाँ / अर्थ सरोकार डटकम 
काठमाडौँ – कहिले रत्नपार्क त कहिले न्यूरोडको गल्ली । आफुलाई स्वस्थानी माता चढेको बताउने यी महिला आफु अगाडी फूल- अक्षताको थुप्रो बोकेर जनतालाई ठग्दै हिंडेकि छिन् । ‘आफुलाई स्वस्थानी माता चढेको उल्लेखित ब्यानरनै राखेर जनतालाई झुक्याउने र हात हेरिदिने नाममा यो मिलेको छैन र त्यो मिलेको छैन भन्दै आफुले सबै ग्रहदशा हटाइदिने भन्दै उनले सोझा साझा जनताबाट पैसा असुल्ने गरेकी छिन् ।
रामेछापकि सकुन्तला श्रेष्ठ (नाम परिवर्तन) यसरीनै उक्त माताको जालमा परिन् । भूकम्पले बिल्लीबाठ बनाएपछि काठमाडौँ कामको खोजीमा भौतारिएकि उनलाई तपाईंलाइ ठुलो दशा लागेको छ, त्यो दशा हटाउन ५००० रुपैयाँ लाग्छ भनियो । 
 
हो क्यार भन्दै आफुसंग रहेको त्यहि रकम पनि उनलाई दिंदा न समस्या टर्यो, न पैसा फिर्ता भयो । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै उनी भन्छिन्, ‘ मेरो रेट नै ५००० हो  भनिन् ।  म पनि मूर्खनै भएको थिएँ । २० रुपैयाँ देखि १०० रुपैयाँसम्म लिएर हात हेर्ने एउटी माता स्वस्थानी माता चढेकी कहाँ हुन्छिन् र ? स्वस्थानी मातानै चढेको भए त उनको साननै बेग्लै हुन्थ्यो नि !’
उनी अगाडी भन्छिन्, ‘ अब जे नहुनु थियो त्यो भईनै हाल्यो ।  प्रहरीलाई खबर गरेर पनि के नै हुन्छ र ? प्रहरीले पनि त्यो ठगी हो भन्ने पक्कै देखेको- बुझेको होला ।  त्यहि भएर जनतालाई खबर गरिदिने तपाईंलाई भनेको हुँ ।  यस्ता कथित माताबाट सबै जोगिनुपर्छ ।’ श्रेष्ठका अनुसार उनी विहानैदेखि रत्नपार्क, न्यूरोडका गल्लीहरुमा भेटिन्छिन् । २० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिएर अरुको हात हेर्ने र फलानो दशा छ र त्यसलाई हटाउन यति पैसा चाहिन्छ भन्दै उनी हाकाहाकी माग्ने गर्छिन् । 
यता उक्त मातासँग कुरा गर्दा उनले आफुले सबैखाले समस्या निवारण गराइदिने दावी गरिन् । आफुलाई स्वस्थानी माता चढेको भन्दै उनले जो कोहिका जस्तोसुकै समस्या पनि समाधान गरिदिने बताइन् । ‘ अनि यस्तो जान्ने माता किन फुटपाथमा त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘दुखी गरिवहरु फुटपाथ मै भेटिन्छन्, म सबैको सेवा गर्न आएको हुँ। ‘ ‘अनि सेवा गर्न आएको भए पैसा किन लिएको त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘ बाँच्नका लागि भक्तहरुले दिएको दक्षिणा हो । ‘ अन्त्यमा हामीले सोध्यौं, ‘तपाईंले त ५००० रुपैयाँसम्म माग्नुभएको छ रे त ? उनेको उत्तर थियो, ‘दिन सक्नेले जतिपनि दिन्छन्।  समस्याको अगाडी ५००० ठुलो होर ?  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी