Skip to content
LAXMI SUNRISE BANK

टिकट बुकिङ आजबाट खुल्ला

अर्थ सरोकार

काठमाडौंबाट  बाहिरी जिल्ला  जानको लागि बसको टिकट बुकिङका आजबाट खुला गरेको छ। शुक्रबार बिहानैदेखि दसैंका लागि टिकट बुकिङ खुला गरिएको छ। काठमाडौंबाट बाहिरिने बसका स्टेशनहरूमा यात्रुहरूको टिकटको लागी घुइँचो लागेको छ। 
टिकट बुकिङका लागि नयाँ बसपार्क, कलंकी, गौशाला, कोटेश्वरलगायतका स्थानमा सर्वसाधारणको घुइँचो लागेको हो। टिकट बुकिङ गर्नका लागि सर्वसाधारणहरू रातिदेखि नै लाइन बसेका छन्। यो वर्ष ढिलो गरी बुकिङ खुला गरिएकाले पनि सर्वसार्धरणको घुइचो लागेको  हो। 
मुग्लिन(नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले समात्ने र  बढ्दो सवारी दुद्दट्नालाई मध्यनजर राखी कच्ची सडकमा मार्ग इजाजत नदिएका विवादलगायतका विभिन्न कारण दसैँ सुरु हुने १ महिना अघि खुल्ने टिकट बुकिङ यो वर्ष ढिलो गरी खुलेको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK