
काठमाडौँ – यस वर्षको दशैंको टीकाको उत्तम साइतआज पञ्चांग निर्णायक समितिको सार्वजनिक गरेको छ । कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने र यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २५ गते बिहान पौने ९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो ।
उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो ।
अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन रहदै आएको छ । आगामी १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्