
काठमाडौं – विहीबार विहान सँधा झै त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा प्रशिक्षण चलिरहेको थियो । कोही दौडदै थिए, कोही आफ्नो कराँतेको काँता देखाउँदै थिए । करिब ७ बजेतिर रङ्गाशाला गेटमा खैरो रङ्गको स्कोरपीओ गाडी रोकियो । विदाको दिन एक्कासी मन्त्रीको गाडी देखेपछि गेटमा बसेका कर्मचारी हतासिए र गेट खोलियो । गाडिबाट झरे युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली ।
एक्कासी दशरथ रङ्गशाला पुगेका मन्त्री श्रीपालीले रङ्गाशालाको निरिक्षण गरेका छन् । रङ्गाशाला भित्र भएको फोहोर तथा दुरावस्थाबारे सञ्चार माध्यममा खबर आएपछि उनी एकाएक रङ्गाशाला पुगेका हुन् । रङ्गाशाला भित्रको शौचालय, त्यहाँको संरचना र दर्शक दिर्घा बस्ने कक्षसम्म झन्डै १ घण्टासम्म उनले दशरथ त्यहाँ ‘दुरावस्था’ नियालेका थिए ।
‘यस्तोमा तपाईंहरु केसरी शौच गर्नुहुन्छ ?’ शौचालयको निरिक्षण गर्दैै उनले एक प्रशिक्षकलाई यस्तो प्रश्न गरेका थिए । शौचालय भित्र भने जान सक्ने अवस्था थिएन । यद्धपी उनले दुर्घन्धीत शौचालयमा छिरेर त्यहाँको अवस्था नियाले ।
खेलाडीहरुले रंगाशालामा भित्रको शौचालयमा शौच गर्नसक्ने अवस्था नभएको बताएका थिए । केही समयको रङ्गाशाला मैदानमा हिँडेपछि मन्त्री श्रीपाली दर्शक बस्ने स्थल तर्फ लागे । त्यहाँ थियो फुटेका कुर्सीको चाङ र झाडी । झाडी छिचोल्दै लामो समयसम्म उनले त्यस क्षेत्रको निरिक्षण गरेका थिए । शिरान तर्फ रहेको एक शौचालय जाने बाटो नै झाडिले छेकिएको थियो । यस्तोमा मन्त्री श्रीपालीले झार उखेलेर शौचालय तर्फ नियाल्न पुगे । तर, त्यो झाडी भित्रको शौचालय झनै दुर्गन्धित थियो ।
नेपालको एक मात्रै अन्तर्राष्ट्रिय स्तरको रङ्गाशाला नियाले पछि मन्त्री श्रीपालीले भोली देखि नै आफू सरसफाइमा लाग्ने घोषणा गरेका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले आफू नै सहभागी बनेर शुक्रबारदेखि १० दिन भित्र दशरथ रङ्गाशाला सरसफाइ हुने प्रतिबद्धता समेत जनाएका छन् । मन्त्री श्रीपालीले १० दिन भित्र रंगाशाला सफा नभए ११ औं दिनमा कर्मचारीमाथि नै कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
उनका अनुसार दशरथ रङ्गाशाला दुरावस्था बनाउँने दोषी पहिचान गरि कारबाी गर्न छानबीन समिति समेत बनाउँने घोषणा गरेका छन् । ‘यो हाम्रो सभ्यताको विषय हो । हाम्रो राष्ट्रको गरिमासँग जोडिएको छ,’ उनले प्रश्न गरे ‘हामीले स्वास्थ्यको लागि खेलकुद भनेका छौं, तर हाम्रो रङ्गाशालाको यो हालतले के देखाउँछ ?’
बुधबार रङ्गाशालामा भेटिएका कर्मचारीका अनुसार त्यहाँको कुर्सी पार्ट पुर्जा समेत चोरी भएको छ । चोरी भएको पार्ट पुर्जाहरु खाजी गरी दोषीलाई कारबाही गर्ने मन्त्री श्रीपालीले प्रतिबद्धता जनाएका छन् ।
- दियो पोष्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्