
काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले केपी ओली नेतृत्वको सरकार १०० प्रतिशत सफल भएको बताएका छन् ।
एमाले नेतृत्वको ९ महिने सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्वका गरेका पूर्व उपप्रधान तथा उर्जामन्त्री रायमाझीले न्यूज ट्वान्टीफोर टेलिभिजनको रियल फेस कार्यक्रममा पत्रकार प्रेम बानियासँग कुरा गर्दै ओली सरकारका पालामा केही महत्वपूर्ण काम भएको भन्दै सरकार सफल भएको बताए ।
नेता रायमाझीले डा. बाबुराम भट्टराईलाई आफूले धोका नदिएको भन्दै ‘उहाँले हामीलाई धोका दिएको हो । पार्टीलाई धोका दिएर जानुभएको हो’ भनेर बताए ।
उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको कार्यशैली सुस्त भएको भन्दै असन्तुष्टि पनि जनाए ।
उनले अन्तर्वार्तामा विस्तृतमा भनेका छन्ः
ओली सरकारका पालामा महत्वपूर्ण सफलता प्राप्त भएका छन् । एउटा ओली सरकार बन्दा असाध्यै प्रतिकुल अवस्था थियो । किनभने भूकम्पले तहसनहस पारेको स्थिती थियो । अर्काे कुरा मधेस आन्दोलन थियो, नाकाबन्दी थियो । यस्तो अवस्थामा हामीले रिजल्ट निकाल्न बहुत गाह्रो थियो । भुपरिवेष्टित मुलुकका लागि गलत नाकाबन्दी थियो । त्यसको विरुद्धमा नेपाली जनताले पनि साथ दियो । नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय जागरण पैदा भयो । हामीले पनि साथ दियौ । ओलीजीले पनि अडान राख्नुभयो । प्रधानमन्त्रीको हैसियतमा ओलीजीको स्वभाविक अडानले हामीले नाकाबन्दीलाई असफल बनायौ । यो मुद्दामा नेपालको जित भयो । भारतको हार भयो । इमान्दारीपूर्वक भन्दा त्यो महान कार्य थियो । त्यो सफलता थियो । त्यतिबेला ओलीको जित हामी सबैको नेपालीको जित भयो । मधेस आन्दोलन पनि पछाडी पर्यो । यो यथार्थ कुरा हो । हामी स्विकारौ वा नस्विकारौ वास्तविकता त्यही हो ।
दोस्रो सफलता भनेको हाम्रो आर्थिक सम्बन्ध, व्यापारीक सम्बन्ध अलिकता आश्रित जस्तो छ । त्यसलाई चिरेर चीनसँग व्यापार गर्न पायौ, सन्धी भयो त्यो धेरै नैमहत्वपूर्ण काम हो । अर्काे एतेहासिक काम मान्नुपर्छ ।
तेस्रो कुरा भनेको पूर्वाधार विकास । चाँहे सडक भनौ, चाँहे उर्जाको क्षेत्रको विकास । एउटा जून हामीले फाउण्डेशन बनायौ, जग बनायौ त्यो महत्वपूर्ण छ । त्यो जगमा टेकेर अगाडि बढे धेरै काम हुनेवाला छ । हामीले किमाथांकादेखि, कोरलादेखि लिएर केरुङदेखि लिएर लिवलाचेदेखि बाटो सिधै चीन जाने जोड्ने हामी निर्णय गर्यौ र अगाडि बढिरह्यौ । अर्काे ट्रान्समिसन लाइन जो भारतसितको सुद्धृढ गर्ने र चाइनासँग पनि ट्रान्समिटर खोल्ने कुरा भयो । चाइनासँग रेलमार्ग खोल्ने निर्णयहरु मामुली निर्णय होइनन् । पूर्वाधार विकासको क्षेत्रमा पनि महत्वपूर्ण काम भए । यी तीन चारवटा कामले ओली सरकारलाई सफल बनाएको छ ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
- दैनिक नेपाल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्