
- अर्थ सरोकार डटकम
चितवन – आइतबार त्रिशुलीमा कार खसेर भएको दुर्घटनामा घाइते भएका पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेका चालक विष्णु राईलाई उपचारको लागि काठमाडौं लगिएको छ। चितवनको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका राईलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो। घिमिरे बेपत्ताको खोजीबारे जानकारी लिन मंगलबार चितवन आएका गृहमन्त्री विमलेन्द्र निधि सवार हेलिकप्टरमा राईलाई काठमाडौ पठाइएको हो।
दुर्घटनास्थल पुगेका मन्त्री त्यहाँको अवस्था बुझेपछि भरतपुर आएका थिए। उनको उपचारमा कुनै समस्या नहोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिए। चालक राईको फियोमा समस्या देखिएको छ। मन्त्री निधिले राईको परिवारलाई उपचार राम्रो होस् भनेर काठमाडौं लगिएको भन्दै नआत्तिन आग्रह गरेका थिए।
पूर्व मुख्य सचिव तथा पूर्व गृहमन्त्री समेत रहेका घिमिरे चढेको बा ९ च १५३१ नम्बरको गाडी दुर्घटनामा भई त्रिशुली नदीमा बेपत्ता भएको छ। गाडीमा सवार ७ जनामध्ये राई मात्र घाइते भएका हुन्। घिमिरेकी आमा चैतन्यकुमारी सहित तीन जनाको मृत्यु भएको छ भने घिमिरे र उनका दुई भाइहरु अझै बेपत्ता छन्। मुक्तिनाथ दर्शन गरेर आफन्त सहित राजधानी फर्कने क्रममा गृहमन्त्री घिमिरेको गाडी दुर्घटना भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्