×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उमेशको सम्बन्ध प्रचण्डमा, लिटिल एन्जलको सम्बन्धन जनमैत्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उमेशको सम्बन्ध प्रचण्डमा, लिटिल एन्जलको सम्बन्धन जनमैत्रीमा

Artha Sarokar

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कांग्रेसका नेताहरुलाई करोडौको गड्डी बुझाएर मनोनित सांसद चुनिएका शिक्षाका नामुद व्यापारी उमेश श्रेष्ठ एक पछाडि अर्काे गलत धन्दा बाहिरिनेक्रम जारी छ ।
उनै नामुद व्यापारी उमेश श्रेष्ठ द्धारा सञ्चालित लिटिल एन्जल कलेजमा शैक्षिक कार्यक्रम नै अवैद्यानिक भएको भेटिएको छ ।
विगत पाँच वर्षदेखि उमेश श्रेष्ठद्वारा सञ्चालित लिटिल एञ्जेल्स कलेजमा बिएस्सी नर्सिङ, बिएन, बिपिएचलगायत चार वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् ।
नियमानुसार यस्ता कार्यक्रम सञ्चालन गर्न आफ्नै सुविधासम्पन्न अस्पताल, प्रयोगशाला र उपकरण चाहिन्छ । यस अलावा यस्ता कार्यक्रम चलाउन अस्पतालको नाममा सय रोपनी जग्गा हुनु पर्छ ।
तर, यो कार्यक्रम लिटिल एन्जलमा घुँसाउदा अहिले माओवादीका लागि ‘गलगाँड’ साबित भएको जनमैत्री अस्पतालको नाममा सम्बन्धन लिइएको रहस्य खुलेको छ । एउटाको नाममा सम्बन्धन लिएर अर्काेले कार्यक्रम चलाउनु आफैंमा गैरकानुनी हो ।
एकातिर उमेश श्रेष्ठले अरुका (जनमैत्री) नाममा सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाइरहेका छन् । अर्काेतिर, जसको नाममा यो कार्यक्रम चलाउने सम्बन्धन लिइएको थियो सोही अस्पताल नै विगत ६ महिनादेखि बन्द छ ।
अहिले माओवादीको लागि घाँडो भएको जनमैत्री अस्पताल उनै उमेश श्रेष्ठहरुले जर्नादन शर्मा प्रभाकरहरुलाई प्रभावमा टाँसो लगाएका हुन ।
शिक्षामन्त्री दिनानाथ शर्मा र एक्टिङ डिन रतेन्द्र श्रेष्ठ भएको समयमा उनै उमेशले जनमैत्री अस्पतालको नाममा सम्बन्धन लिएर लिटिल एन्जल कलेजमा बिएस्सी नर्सिङ,विपिएच,विएन लगायतका चारवटा कार्यक्रम चलाँउदै आएकाहुन ।
सम्बन्धन जनमैत्री अस्पतालको नाममा लिएर उमेशले चतु¥याइँपूर्वक यो कार्यक्रम एलएमा घुसाएको रहस्य फेला परेको छ । यसबापत मुनाफाको केही प्रतिशत जनार्दन शर्माहरूकोमा उमेशले टक्र्याउँदै आएका सोही अस्पतालका एक जना पूराना लगानीकर्ताले एसकाठमाडौंसँग बताएका छन ।
नियम, कानुन बनाउने ठाउँमा रहेका सांसद श्रेष्ठले नियम, कानुन यसरी मिचिरहँदा यसको वैधानिकता हेर्नुपर्ने त्रिवि,नर्सिङ काउन्सिलले भने उनी उपर कुनै कारवाही गर्न सकेकोछैन ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी