×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको भारत भ्रमणमा एमालेसहित चार दल सहभागि भएनन्

LAXMI SUNRISE BANK

प्रधानमन्त्रीको भारत भ्रमणमा एमालेसहित चार दल सहभागि भएनन्

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने राजकीय भ्रमणमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहभागिता जनाएन । प्रधानमन्त्रीको औपचारिक भ्रमणमा सत्ता र प्रतिपक्ष दलका सांसदहरु सहभागि हुने विगतको परम्परा छ । तर प्रमुख प्रतिपक्ष दल एमालेले भने प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक निम्तो नआएको भन्दै सहभागिता जनाएको छैन ।
‘हामीलाई कुनै औपचारिक जानकारी आएन, शिर्ष तहमा नेताहरुसँग कुरा भएको भए बेग्लै कुरा हो’ एमाले सचेतक भानुभक्त ढकालले भने ‘हाम्रो सहभागिता नभएपनि प्रधानमन्त्रीज्यूलाई राष्ट्रका पक्षमा राम्रो काम गर्न शुभकामना छ ।’ ढकालले प्रधानमन्त्री कार्यालयबाट औपचारिक पत्र आएको भए केही सोच्न सकिने बताउँदै पत्र नै नआएपछि आफुहरु सहभागि नभएको बताए । 
प्रधानमन्त्री दाहाल जम्वो टोली लिएर विहीबार भारतको राजकीय भ्रमणमा गएका छन् । भ्रमणमा गृहमन्त्री विमलेन्द्र निधि, भौतिक योजनामन्त्री रमेश लेखक पनि सहभागि छन् । त्यसैगरी कांग्रेस र सत्ता पक्षका सांसदहरु पनि सहभागि भएका छन् । तर एमाले, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले भने कुनै पनि सांसदलाई प्रधानमन्त्रीको भ्रमणमा सहभागि गराएको छैन । 
उता प्रधानमन्त्री कार्यालयले भने १० भन्दा बढि सांसद भएका सवै राजनीतिक दललाई भ्रमणका लागि निम्तो पठाएको बताएको छ । ‘१० भन्दा बढि सांसद भएका ८ दललाई निम्तो पठाइएको थियो, तर केही दलहरु सहभागि हुनुभएन’ भारततर्फ लाग्नु अघि प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी