×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई छक्याएर उपेन्द्र यादव टाप !

LAXMI SUNRISE BANK

प्रचण्डलाई छक्याएर उपेन्द्र यादव टाप !

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तीन साता लामो युरोप भ्रमणमा जाने भएका छन् । युरोपमा आयोजित पार्टीको कार्यक्रममा भाग लिन यादव २२ दिनका लागि बिहीबार साझ त्यसतर्फ जान लागेका हुन् ।
प्रचण्डलाई रोकेका यादव
संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँनुअघि देशको अवस्थालाई लथालिंग पारेर भ्रमणमा जानुको औचित्य नभएको बताएका थिए । राजधानीमा आयोजित एक कार्यक्रममा यादवले भनेका थिए, ‘मुलुकका बर्निङ् ईस्युलाई सम्बोधन नगरी लथालिंग छोडेर भ्रमणमा जाने रुची नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।’
प्रचण्डको भारत भ्रमणको खुबै विरोध गरेका यादवले भारत भ्रमणपछि तय भएको अमेरिका भ्रमणमा नजान चेतावनी नै दिए । उनले भने, ‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि ।’
सरकारले संविधान संशोधनको विषयलाई तत्काल टुंगोमा पुर्याउनुपर्ने बताएका यादवले संशोधन देशको जल्दोबल्दो ईस्यु भएकाले यसको समाधानपछि मात्र भ्रमण गर्न सुझाएका थिए । साथै उनले सरकारले तत्काल संशोधन प्रक्रिया अघि नबढाए समर्थनबारे सोच्न बाध्य हुने समेत चेतावनी दिँदै हिँड्ने गरेको खबर आइरहेको थियो ।
यादव लगायत मधेसी मोर्चाका अन्य नेताले समेत प्रचण्डलाई संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने भन्दै दबाब दिएपछि प्रचण्डको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि तय भएको संयुक्त राज्य अमेरिकाको भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो ।
भ्रमण रद्ध भएको विषयमा बोल्दै प्रधानमन्त्रीको नीजि सचिवालयले मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठेकाले भ्रमण रद्द गरिएको बताएको थियो ।
प्रचण्डले मधेसी मोचाएसँग छलफलका लागि भन्दै अमेरिका भ्रमण रद्ध गरेपनि गठबन्धनकै संयोजक उपेन्द्र यादव भने पार्टीको कार्यक्रममा लागि भन्दै तीन साता लामो भ्रमण युरोप जाँदैछन् ।
आखिर किन युरोप जाँदैछन् यादव
अध्यक्ष यादव पार्टीको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन बेलायत, बेल्जियम र पोर्चुगल जान लागेको फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले काठमाण्डु टुडेलाई बताए ।
टुडेसँग कुरा गर्दै शिवजीले भने, ‘पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले उहाँ युरोप भ्रमणमा जान लाग्नुभएको हो ।’
संविधान संशोधन प्रक्रिया छिटो अघि बढाउन दबाब दिएर प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोक्ने गठबन्धनको संयोजक नै यस विषयमा दलहरुबीच औपचारिक छलफल हुने बेला विदेश जानु उचित होला र भन्ने प्रश्नमा शिवजीले भने, ‘संविधान संशोधनको चर्चा चलेपनि अहिलेसम्म दलहरुबीच औपचारिक छलफल नै भएको छैन । अध्यक्षज्युले पटक–पटक प्रधानमन्त्रीलाई फोन गरेर पहल गरिरहनु भएको छ । छलफलका लागि अन्य साथीहरु हुनुहुन्छ । सरकारले ठोस कदम चालेको भए उहाँको भ्रमण रद्ध हुनसक्ने सम्भावना रहन्थ्यो । तर, यस्तो कुनै अवस्था नदेखिएकाले भ्रमण रद्ध भएन ।’
प्रमुख सचेतक विशजीले अध्यक्षयको बचाउ गरेपनि गठबन्धनको संयोजक भएको नाताले संविधान संशोधनको विषयमा सरकारसँग हुने छलफलमा उपेन्द्र यादवको भूमिका महत्वपूर्ण रहन्छ । यादव आफैले गठबन्धनका अन्य नेताको विश्वास नगर्ने र गठबन्धनमा रहेका केही दलसँगको सम्बन्ध चिसिएकाले पनि संशोधनको विषयमा हुने वार्ता, छलफल र बैठकमा यादवको भूमिका आवश्यक देखिन्छ ।
गठबनधको संयोजकको भ्रमणले संविधान संशोधन प्रक्रियालाई कुनै असर नपारे पनि यसविषयमा हुने छलफल केही कमजोर हुनसक्ने कुरामा भने विशजी सहमत देखिए ।

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी