×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तरको रेल रोकेर दक्षिणको रेलैमा प्रचण्ड सरर

LAXMI SUNRISE BANK

उत्तरको रेल रोकेर दक्षिणको रेलैमा प्रचण्ड सरर

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – पूर्ववर्ति सरकारले चीनसंग गरेका सम्झौता कार्यान्वयनमा उदासिन देखिएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भारतसंग नयाँ सम्झौताको हात वढाउने संकेत देखिएको छ ।
सन २०२० सम्म उत्तरी नाकाबाट काठमाडौंमा रेल पुर्याउन सकिने चिनिया तयारीलाई वेवास्ता गर्दै प्रचण्डले भारतसंग नयाँ रेल वे लाईनको सम्झौता गर्ने संभावना वढेको हो । विहिवार देखि चार दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई नेपाल –भारत सम्वन्धको नयाँ आयाम भन्दै भारतले नेपालमा पूर्व पश्चिम रेल वे लाइन विकासमा सहयोगको प्रस्ताव राख्ने तयारी गरेको छ ।
भारतले विकास गरिदिने पूर्व पश्चिम रेल वे लाईन १०३० कि मी सम्मको हुने र त्यो पूर्वपश्चिम राजमार्गको समानान्तर हुने भारतीय एक्सपर्टहरुको अनुमान छ । भारतले रेल वे लाइनका लागि गृहकार्य गरिसकेको वुझिएको छ ।
चीनले पनि काठमाडौं, पोखरा र लुम्विनीमा रेल पुर्याउन सहयोग गर्ने चासो देखाएको थियो । त्यसैको काउण्टरमा भारतले पूर्व पश्चिम रेल वे लाईन विकासमा सहयोगको प्रस्ताव राख्ने भएको हो ।
जानकारहरुले यस प्रस्तावलाई कुटनीतिक रुपमा महत्वपूर्ण कदम हुन सक्ने निक्र्यौल गरेका छन् । भारतले प्रचण्डको भ्रमणलाई नेपालमा चीनको वढ्दो भूमिका कम गर्न सकिने उपयुक्त अवसरका रुपमा लिएको छ भने प्रचण्डले पहिलो कार्यकालमा विग्रेको सम्वन्धलाई पिक अप गर्ने अवसरका रुपमा लिएका छन् ।
भारतीय मिडियाहरुले प्रचण्डले प्रधानमन्त्रीको दोस्रो कार्यकालमा आफ्नो पहिलो विदेश भ्रमण भारतलाई वनाएकोमा खुशि व्यक्त गरेका छन् । प्रचण्डको प्रसंशासंगै भारतीय मिडियाहरुले के पी ओलीलाई चीन समर्थक भनेर विल्ला भिर्न भने छोडेका छैनन् । चीन समर्थक मानिने के पी ओलीले नेपाललाई भारतसंगको निर्भरता कम गर्न चीनसंग महत्वपूर्ण सम्झौता गरेको,ओलीको शासनकालमा लामो समयसम्म नेपाल–भारत सीमा गतिरोध रहेको, ओलीले भारत सरकारलाई इन्धन र कारोबारमा रोक जस्ता आरोप लगाएको भन्दै ओलीको सत्तोसराप गर्न भारतीय मिडियाहरुले अझैं छोडेका छैनन् ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी