×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आलोचना गर्नेको मुखै बन्द हुने गरी प्रधानमन्त्री प्रचण्डले भारतमा यसो गर्न लागेका हुन् ?

LAXMI SUNRISE BANK

आलोचना गर्नेको मुखै बन्द हुने गरी प्रधानमन्त्री प्रचण्डले भारतमा यसो गर्न लागेका हुन् ?

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ४ दिने भारतीय भ्रमण आरम्भ भएको छ । भारत भ्रमण गर्नुभन्दा अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले एजेन्डा तय गरेको छ । ति एजेण्डा र उनका परराष्ट्र मामिला सल्लाकारले दिएको जानकारीलाई आधार मान्ने हो भने प्रधानमन्त्री प्रचण्डले आलोचना गर्नेको मुखै बन्द गर्ने गरी भारत भ्रमण सफल पार्नेछन् ।
भारतले भूकम्पपछिको पुर्ननिर्माणका लागि दिने भनेको एक खर्ब रुपैयाँको सहुलियत ऋण सहयोगको कुरा अलमलमा थियो । प्रधानमन्त्रीको भ्रमणका बेला ऋण सम्झौतामा हस्ताक्षर हुंने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले संसदलाई नयाँ सम्झौता र सन्धीभन्दा भइसकेका सन्धी सम्झौतालाई नेपाल पक्षीय बनाउँन र तिनको कार्यान्वयनमा जोड दिने बताएका थिए । सोही अनुसार प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा पञ्चेश्वर आयोजनाको डीपीआर तथा तीन सय मेघावाटसम्मको कुनै जलविद्युत आयोजनामा भारतीय सहयोग जुटाउँन प्रयास गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.ऋषिराज अधिकारीले बताएका छन् ।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा प्रचण्डले भारत भ्रमण गर्दा भारतले नौमुरे जलविद्युत आयोजना उपहार स्वरुप नेपाललाई बनाइदिने सहमति गरेको थियो । तर, सो सहमति कार्यान्वायनमा आएको छैन । प्रचण्डले सो तथ्यपनि भारतीय समकक्षी नरेन्द्रभाइ मोदीलाई स्मरण गराउने बताइएको छ ।
प्रचण्डले पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्न यसअघि भएका सहमतिको कार्यान्वयनका लागि पहल गर्ने तयारी गरेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु क्षेत्रमा ८० किलोमिटरको बौद्ध सर्किटको निर्माणमा भारतीय सहयोग जुटाउँन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्दैछन् । नेपालको सो बौद्ध सर्किटलाई बुद्धले ज्ञानप्राप्त गरेको भारतको बोधगया र उनको मृत्यु भएको कुसीनगरसँग जोड्ने गरी अन्तरदेशीय सर्किट बनाउँने महात्वाकांक्षासहित प्रधानमन्त्री भारत प्रस्थान गरेका छन् ।
प्रचण्डले यसअघि नै भारतीय समकक्षी मोदी र आफ्नो पृष्ठभुमी फरक भएपनि केमेष्ट्री मिल्ने भन्दै मोदीको मन जित्ने गरी भारतीय संचारमाध्यमलाई अन्तरवार्ता दिएका छन् । हिन्दु धर्मका कट्टर अनुयायी मोदीबाट प्रचण्डले भावनात्मक फाइदा उठाउन चाहेका छन् । नेपाल र भारतमा रहेका हिन्दु–धामहरू जोड्ने सर्किटका बारेमा प्रचण्डले मोदीसमक्ष प्रस्ताव राख्ने बताइएको छ । भारतले हिन्दु सर्किटबारे तीनवटा रोडम्याप अघि सारिसकेको छ । राम जन्मभूमि अयोध्याबाट सुरु भएर भारतको चित्रकुट, बक्सर, दरभंगा, सीतामढी हुँदै नेपालको राम–सीता विवाह स्थल जनकपुरसम्मको सर्किट सबैभन्दा सहज र प्रथामिकतामा पर्ने सर्किट हो ।
काठमाडौं आउँदा मोदीले आफु विश्वनाथ (काशी)को जनप्रतिनिधि पशुपतिनाथ आउँन पाउँदा औधी खुशी भएको भावपूर्ण अभिव्यक्ति दिएका थिए । काठमाडौंको पशुपतिनाथबाट सुरु भएर हरिद्वार हुँदै चारधाम पुग्ने अर्को रोडम्यापका बारेमा पनि प्रचण्ड र मोदीका बीचमा छलफल हुने बताइएको छ ।
कैलालीको गौरीफन्टा नाकालाई थप व्यवस्थित र सहज बनाउने बारेमा पनि भ्रमणमा सहमति जुटाउँने प्रयासमा नेपाली प्रतिनिधिमण्डल रहेको छ । त्यस्तै यसअघि प्रधानमन्त्री ओलीको भ्रमणका बेला सहमति भएअनुरुप खुलेको विशाखापटनम बन्दरगाहबाट नेपालका अन्य हुँदै सामान आयात गर्ने बारेमा नेपाली टोलीले प्रस्ताव गर्दैछ । वीरगन्जमा झैं नेपालगन्ज, भैरहवा, काँकडभिट्टासम्मै रेल लिंकमार्फत सामान ल्याउन सकिने पूर्वाधार तयार गर्ने बारेमा सहमति जुटाउँने प्रयासमा प्रधानमन्त्री छन् ।
यसअघि नै नेपाल र भारतबीचका सन्धी सम्झौता र सम्बन्ध पुनरावलोकनका लागि प्रबुद्ध समुह गठन भइसकेको छ । सो प्रबुद्ध समुहलाई प्रभावकारी बनाउन र असमान सन्धी सम्झौता पुनरावलोकनका लागि भारतलाई राजी बनाउन प्रधानमन्त्रीले प्रयास गर्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफुले विवादास्पद कुनैपनि नयाँ सन्धी सम्झौतामा हात नहाल्ने स्पष्ट गरिसकेका छन् । कुनै विवादस्पद् सम्झौता नगर्ने र थाति रहेका सन्धी सम्झौताको कार्यान्वयन गराउँन सके प्रधानमन्त्रीको भ्रमण सफल रहने निश्चित छ । त्यसो हुँदा कम्तिमा पनि आलोचकको मुख बन्द गर्न प्रधानमन्त्री सफल हुनेछन् ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी