×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक चलखेल गर्दै सेटिङमा विदेशीलाई भिसा

LAXMI SUNRISE BANK

आर्थिक चलखेल गर्दै सेटिङमा विदेशीलाई भिसा

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा)  दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ ।
असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन कार्यालयले उनेको गैरपर्यटकीय प्रवेशाज्ञा शंकास्पद पाएको भन्दै प्रस्थान अनुमति पाइसकेपछि पक्राउ गर्दा त्यहाभित्रको विकृति र आर्थिक चलखेल छाताछुल्ल भएको हो ।
अध्यागमनका केही कर्मचारीले हुनेसनलाई सेटिङमा भिसा दिएपछि त्यसको रेकर्डसमेत अध्यागमनमा नराखेको पाइएको छ ।
हुसेनले वयानका क्रममा आफूले भिसा लिँदा ८ सय अमेरिकी डलर तिरकेो बताएका छन् । तर भिसावापतको रकम कर्मचारीले दाखिला गरेका  छैनन् ।
हुसेनले लिएको भिसाको अध्यागमनमा कुनै रेर्कडसमेत छैन । रेकर्ड नै नभएका हुसेनलाई विमानस्थल अध्यागमनका एक अधिकृतले विभागकै सेटिङमा प्रस्थान अनुमति दिएका थिए । अध्यागमन पार गरेर विमान चढ्ने क्रममा हुसेनलाई अध्यागमनका अधिकारीले पक्राउ गरेको स्रोतले बताएको छ ।
हुसेनलाई पठाउन विभागका केही कर्मचारीले विमानस्थल अध्यागमनका एक अधिकृतसँग सेटिङ मिलाएको स्रोतले बताएको छ ।
पैसामा कुरा नमिलेकाले सेटिङमा प्रस्थान अनुमति दिएका अधिकृतले हुसेनलाई पुनः अध्यागमन डेस्कमा बोलाएपछि होहल्ला भएको स्रोतले बताएको छ । अध्यागमनले हुसेनको प्रस्थान अनुमति रद्द गरी विभाग पठाएको छ । हुसेनसँग अध्यागमन कर्मचारीले मिलोमतोमा भिसाबापत आठ सय डलर र रेकर्ड नै नभएको भिसाबाट उडाएबापत थप केही सय डलर बुझेको स्रोतले बतायो ।
हुसेनले लिएको भिसाको रेकर्ड र भिसा शुल्कबापत तिरेको रकमको अध्यागमनसँग हिसाब छैन । एक वर्षको नन टुरिस्ट भिसाबापत ७ सय ४० अमेरिकी डलर तिर्नुपर्छ ।
हुसेनले लिएको ००१९५५ नम्बरको भिसाको रेकर्ड अध्यागमनमा नदेखिए पनि स्टोर शाखाले उक्त भिसा स्टिकर गैरपर्यटकीय भिसा शाखालाई दिएको पुष्टि भएको छ ।
नन टुरिस्ट शाखाका कर्मचारीले हुसेनलाई कुन प्रयोजनमा गैरपर्यटकीय भिसा दिएको भन्नेसमेत खुलेको छैन । नेपालमा विवाह वा अन्य कुनै काम गरेर बस्नुपर्ने विदेशीलाई नन टुरिस्ट भिसा दिने व्यवस्था छ ।
  • अन्नपूर्ण पोस्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी