
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दाहाल र उनका भारतीय समकक्षी नरेन्द मोदीको संयुक्त वक्तव्यको तयारी गरिएको छ ।
संयुक्त वक्तव्यमा
१: पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) लाई चाँडै अन्तिम रुप दिने र परियोजना कार्यान्वयनका लागि दु्रत गतिमा काम अघि वढाउन दुवै देशवीच सैद्धान्तिक सहमति भएको उल्लेख गरिने छ । यस अघि भारतीय पक्षले आफु अनुकुल हुने गरि पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन वुझाएपनि नेपाल त्यसमा सहमत हुन सकेको छैन । महाकाली नदिको पानी वाँडफाँटमा नेपाल–भारतवीच लामो विवाद छ ।
२: हुलाकी राजमार्ग चाँडै अघि वढाउने विषय वक्तव्यमा उल्लेख गरिने छ ।
३: नेपाल भारत प्रवुद्ध समुहले १९५० को शान्ती तथा मैत्रि सन्धि (असमान सन्धी ) लगायत अन्य सन्धी सम्झौताहरु अध्ययन गरिरहेको विषय पनि वक्तव्यमा समेटिने वताइएको छ ।
४: नेपाल भारत वीचको विदेशमन्त्री स्तरिय संयुक्त आयोग वैठक चाँडै वस्ने कुरा पनि वक्तव्यमा पर्नसक्नेछ ।
५: दुई देशीय सीमा कार्यदलले गरेका कामबारे सन्तुष्टी व्यक्त गरिने छ ।
६: नेपाल भारतवीच उच्चस्तरिय भ्रमण आदान प्रदान गराउने विषय पनि वक्तव्यमै राखिने छ ।
७: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका भएको उर्जा व्यापार सम्झौताको कार्यान्वयन अघि वढाउन दुवै देश सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख गर्ने तयारी छ ।
८ : दुई देशवीच सडक, रेल र हवाई सम्पर्क अझै वढाउने विषयमा पनि संयुक्त वक्तव्यमा उल्लेख गरिने छ ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्