×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकले दियो नेपाललाई खतरनाक चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बैंकले दियो नेपाललाई खतरनाक चेतावनी

Artha Sarokar

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा – डेढ वर्ष अघिदेखि सुरु गर्ने सम्झौता भएको शिक्षाको झन्डै साढे ६ अर्बको ‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा परेको छ ।

उच्च शिक्षा परियोजना सञ्चालन भएको झन्डै डेढ वर्षसम्म प्रगति नभएपछि विश्व बैंकले सम्झौता निलम्बन गरी विकल्प खोज्नेसम्मको चेतावनी दिएको छ ।
उच्च शिक्षाको सुधारका लागि विश्व बैंकबाट ६० मिलियन अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कमाताले शिक्षा र अर्थ मन्त्रालयलाई पत्र लेखी यस्तो चेतावनी दिएका हुन् ।
पत्रमा उच्च शिक्षा कार्यक्रम असफलतातर्फ गएको उल्लेख छ । उच्च शिक्षा सुधार परियोजना सञ्चालन गर्ने विश्वविद्यालय अनुदान आयोगमा सदस्य–सचिवलगायतका अधिकांश बोर्ड सदस्य रिक्त रहेको छ । बोर्डको कोरम नै नपुग्दा आयोग निकम्मा बनेको छ ।
सुधार योजनाका कामसमेत गर्न नसकेपछि विश्व बैंकले लेखेको पत्रमा ३० सेम्टेम्बरसम्ममा आयोगमा रिक्त पदन नियुक्ति गर्नुपर्ने र नभएमा विकल्प सोच्ने चेतावनी दिएको हो ।
सरकार भन्छ– प्रगतिमा कमजोरी छ
शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा। हरि लम्सालले परियोजनाको प्रगति नभएकाले केही समस्या देखिएको बताए ।
विश्वविद्यालय अनुदान आयोगमा पदाधिकारी नहुँदा बोर्ड बैठक बस्न नसकेको र नीतिगत निर्णय नभएका कारण काम हुन नसकेको प्रवक्ता लम्सालले बताए ।
आयोगको सदस्यसचिवको पद सन् २०१५ को १५ मे देखि रिक्त छ । त्यसैगरी, आयोगका ११ सदस्यहरूमध्ये ६ सदस्यको कार्यकाल सन् २०१५ को डिसेम्बरमा समाप्त भइसकेको छ ।
यी रिक्त पदमा नियुक्ति प्रक्रिया भइरहेको ढिलाइले उच्च शिक्षा क्षेत्र सुधार प्रयासमा गम्भीर असर परेको छ ।

  • नयाँ पत्रिकाबाट
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी