
वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ ।
यस कम्पनीका इटहरी शाखा प्रमुख श्री कृष्ण घिमिरे का अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।
ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै १ वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निःशुल्क हेर्न पाउने छन् ।
वाइफाई राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छाड्दा उक्त धरौटी रकम फिर्ता पाइने कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ भने नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्