×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जन्मदर्ता गरे एक हजार पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जन्मदर्ता गरे एक हजार पाइने

Artha Sarokar

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

दाङ – तुलसीपुर  नगरपालिकाले दलित समुदायका शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप एक हजार दिने भएको छ । दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार नगरपालिकाले रकम दिने भएको हो ।
तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीका अनुसार मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको छ र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने  छ ।
व्यक्तिगत घटना दर्ता विवरणअन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुन्छ । यस क्षेत्रका प्रायः बालबालिकाको जम्मदर्ता उमेर पुग्दासम्म पनि नहुने समस्या व्याप्त रहेकाले यो नयाँ व्यवस्था गरिएको हो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी