×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकस्मिक गर्वनिरोधक चक्कीको व्यापार अचाक्ली बढ्यो, जोखिममा किशोर- किशोरी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ कार्तिक २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

आकस्मिक गर्वनिरोधक चक्कीको व्यापार अचाक्ली बढ्यो, जोखिममा किशोर- किशोरी !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – असुरक्षित यौन सपर्कपछि गर्व नरहोस् भनी सेवन गरिने गर्वनिरोधक चक्कीको व्यापार अचाक्ली बढेको छ । नेपालभर दिनमा यस्ता चक्की कति विक्री हुन्छ भन्ने यकिन तथ्यांक नभएपनि गर्व निरोधक चक्कीको व्यापार अचाक्ली बढेको औषधि पसल सञ्चालकहरु बताउँछन् ।
‘इकोन’ र ‘अनवान्टेड’को विक्री बढी :
यसो त नेपालमा विभिन्न खालका गर्व निरोधक चक्कीहरु पाइन्छन् । यद्यपी बजारमा पाइने विभिन्न आकस्मिक गर्व निरोधक चक्कीमध्ये बजारमा ‘इकोन’ र अनावान् टेड नामका चक्कीहरुको व्यापार बढेको छ । इकोन र अनवान्टेड बाहेक बजारमा म्याक्स सेभेन्टी टु, ई सेभेन्टी टु,लगायतका आकस्मिक गर्व निरोधक चक्कीहरु पाइने गरेको छ ।  

सजिलै माग्छन् किशोर किशोरी :
यता औषधि पसल सञ्चालकहरु किशोर किशोरीहरु सजिलै यस्ता खालका औषधि माग्ने गरेको बताउँछन् । कोटेश्वरस्थित एक औषधि पसल संचालक भन्छन्, ‘विशेषगरी प्लस टु पढ्नेहरु औषधिका मुख्य ग्राहक हुन् ।’ अझ पहिला पहिला त केटाहरु यो चक्की किन्न आउँथे, अहिले त केटिहरुनै निर्धक्क यसखालका औषधि लिन आउने गरेका छन् ।
कण्डमभन्दा तेब्बर बढी बिक्री : 
यौन सम्पर्कका लागि यस्ता चक्की भन्दा कन्डम धेरै गुणा सुरक्षित र साइड एफेक्बिट नहुने भएपनि केहि समययता कण्डमभन्दा तेब्बर परिमाणमा यस्ता चक्कीको व्यापार हुने गरेको औषधि पसल सञ्चालकहरुको भनाइ छ ।  काठमाडौँका केहि पसलहरुको तथ्यांक हेर्दा दैनिक १५ देखि २० वटा गर्भनिरोधक चक्कीहरु विक्री हुँदा ५ देखि ७ वटासम्म आकस्मिक गर्व निरोधक चक्कीको विक्री भएको पाइएको छ । चाबहिलका एकफार्मेसी सञ्चालक नेत्र शर्मा भन्छन् ‘ ईसीपी चक्कीको ब्यापार एकनासाको छैन, कहिले बढी कहिले कम हुन्छ, तर बिदाको समय र शनिवार अत्यन्त धेरै जान्छ, दुई तीन बट्टा सकिएको रेकर्ड छ ।’
विद्यार्थी मुख्य ग्राहक, हाजमोला जसरी खान्छन् गर्व निरोधक चक्की :
विभिन्न औषधि पसल संचालकहरुका अनुसार विशेषगरी विद्यार्थीहरु यस्ता चक्कीहरुको ग्राहक बन्ने गरेका छन् । कोटेश्वरका एक औषधि पसल सञ्चालक भन्छन्, ‘हप्तामा २ पटकसम्म औषधि लिनेहरु पनि छन् । कतिले किन्ने वित्तिकै हाजमोला खाएजसरी यहीं पनि खान्छन् । यसको अत्याधिक प्रयोग गनु हुँदैन भनेर बेला बेलामा हामी त्यस्ता नियमित ग्राहकहरुलाई भन्छौं पनि । तर उनीहरु हाँस्छन् मात्र ।
साइड इफेक्ट बढी :
नयाँ बानेश्वरमा बस्ने प्रतीक्षा (नाम परिवर्तन) केहि समय अगाडी डाक्टरकहाँ पुगिन् । महिनावारीका समयमा अत्याधिक दुख्ने, समस्या लिएर गएकी उनलाई डाक्टरले गर्व निरोधक चक्कीको अत्याधिक प्रयोगका कारण शरीरमा साइड इफेक्ट देखिएको बताए । यस्ता अरु थुप्रै साइड इफेक्टहरु पनि यस्ता चक्कीको सेवनबाट हुने डाक्टरहरुको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: