
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – युवतीहरुलाई अवैध तरिकाबाट खाडी मुलुक पुर्याइ बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर घर भइ भारतको नयाँ दिल्लीमा बसेर नेपाली युवतीहरुको तस्करी गर्ने छत्र विकलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए।
उनले श्रीलंका, ओमन, बहराइन, कुवेत, किर्तिस्तान लगायतका देशमा युवतीहरु अवैध तरिकाबाट लैजाने र त्यहाँ लगेर बेच्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। ‘उनी युवती तस्करी गर्ने गिरोहका मुख्य नाइके हुन्,’ एसपी थापाले भने ‘लामो निगरानीपछि उनलाई समात्न हामी बल्ल सफल भयौं।’
हाउसमेडमा युवतीहरु त्यहाँ लैजाने गरेको र त्यहाँ अलपत्र बनाइ युवतीहरुलाई अर्के समूहको जिम्मा लगाइ उनी भाग्ने गर्दथे। कुवेतबाट पछिल्लो समय उद्धार गरिएका २ जना युवतीलाइ पनि उनैले दिल्ली हुदैँ त्यता लगेका थिए।
मानव बेचबिखनको मुद्दामा फरार सूचीमा रहेका विकलाई पक्राउ गर्न अपराध महाशाखाबाट केही महिनाअघि एउटा टोली दिल्लीसम्म पुगेको थियो। प्रहरी आएको थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए। तिहार मनाउन नेपाल आएका बेला उनी पक्राउ परेका हुन्।
गाँउघर र होटल तथा रेष्टुराँमा काम गर्ने युवतीहरुलाई फकाएर उनले सित्तैमा विदेश पठाइदिने काम गर्दथे। युवतीको राहदानी तथा फर्जी कागजात पनि उनकै समूहले बनाइदिने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्