Skip to content
LAXMI SUNRISE BANK

हाइटीमा भिषण आँधीका कारण ज्यान गुमाउँनेको संख्या ३०० पुग्यो,

अर्थ सरोकार

हाइटीमा शुक्रबार आएको म्याथ्यू आँधीका ज्यान गुमाउँनेको संख्या ३०० पुगेको क्यारेबीयन सरकारी अधिकारीहरुले बताएका छन् । अहिले आँधीमा परि घाइते भएकाहरुको उद्धारकार्य जारी रहेको उद्धारकर्मीहरुले जानकारी गराएका छन् ।

यो आँधी एक दशक यताकै सबैभन्दा शक्तिशाली आँधी भएको क्यारेबियन राष्ट्र हाइटीले पुष्टि गरेको छ । उद्धारकर्मीहरुका अनुसार प्रायद्धीपको सबैभन्दा महत्वपूर्ण सहरका ८० प्रतिशत घरहरु ध्वस्त भएको बताएका छन्।

यस्तै बीबीसीले हाइटीको दक्षिणी प्रान्त सूदमा ३० हजार घरहरु तहन–नहस भएका छन्। साथै आँधी हाइटी र क्युबामा तहल्का मच्चाएर अमेरिकाको फ्लोरिडातर्फ बढिरहेको बताइएको छ । फ्लोरिडाका सरकारी अधिकारीहरुले ‘मैथ्यु’ नाम दिइएको सो आँधी २०५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आउन सक्ने आशंका गरेका छन्।आँधीका कारण निर्वाचन समेत स्थगित भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK