×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति फुड्सको दादागिरी : तिहारमा पनि खुलेआम बेचिंदैछ दिशा भेटिएको मिठाइ ! वाणिज्य विभाग किन मौन ?

अर्थ सरोकार

प्रकाशित मिति : १२ कार्तिक २०७३, शुक्रबार

PRIME CA

पशुपति फुड्सको दादागिरी : तिहारमा पनि खुलेआम बेचिंदैछ दिशा भेटिएको मिठाइ ! वाणिज्य विभाग किन मौन ?

  • अर्थ सरोकार सम्बाददाता 

बाजारमा निकै चलेको मिठाइ हो आँगनको मिठाइ । तपाइंले पनि आँगनको मिठाइ खाने गर्नु भएको छ होला ।  अझ तिहार सुरु भएसँगै विभिन्न पवित्र काम गर्नका लागि पनि मिठाइको प्रयोग गर्नुभएको होला वा गर्दैहुनुहुन्छ होला, आफ्ना दाजुभाइलाइ पनि तिहारको भाइटिकाको दिन मिठाइ किन्ने सोचमा हुनुहुन्छ होला । तर तिहारको किनमेल गर्दा होस् गर्नुहोस्, केहि समय अगाडी  मानव मलमुत्रमा पाइने कोलिफर्म जिवाणु पाइएको आँगन मिठाइले खुलेआम दिशा भेटिएको मिठाइ बेचीरहेछ ।
यस्तो भेटिएको थियो आँगनको मिठाइमा :
सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । यसको नतिजा हेर्दा मिठाइ अखाध्य भएको फेला परेको थियो । आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको थियो । ‘कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन । मिठाइ बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुन सक्छ,’ श्रेष्ठले भने, ‘यो लापरवाहीको हद हो । १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय होइन ।’
अझै पनि छ कोलिफर्म !:
मानव मलामुत्रमा भेटिने जीवाणु भेटिएको आँगनको मिठाइलाइ कारवाही भएको कुनै पनि जानकारी आम जनतालाई दिइएको छैन । ‘अहिले बेचिएका मिठाइहरुमा पनि कोलिफर्म पक्कै छ । तर अहिले कसैले पनि मिठाइ पसलमा छापा मारेको छैन । सबै कुरा मिलेजस्तो छ ।’ आफ्नो नाम नबताउने सर्तमा आँगन मिठाइकै एक कर्मचारीले अर्थ सरोकार डटकमलाइ बताए ।   उनी अगाडी भन्छन्, ‘पहिला बन्ने मिठाइ र अहिले बन्ने मिठाइमा केहि पनि फरक छैन । जनताको आँखामा छारो हाल्ने प्रयास भएको छ । यहीं कै कर्मचारी त यहाँको मिठाइ खाँदैनन्, अव अरुलाइ खानु भनेर कसरी भन्नु !’  
मिडियामा विज्ञापनको खोलो बगाएर उम्किने प्यास :
यता आँगनको हकमा नेपालका विभिन्न मिडियाहरु पनि बदमास देखिएका छन् । आजका अधिकांस ठूला मिडियामा आँगनको विज्ञापन छ । ‘तिहारका बेला बढी व्यापार हुने समयमा फेरी पनि यी कुरा उठ्ला भनेर सबै पत्रिकामा विज्ञापन दिइएको छ । वाणिज्य विभागमा पनि तिहारभर छापा नमार्ने सहमति भएको छ रे !’ आँगनकै एक कर्मचारीले अर्थ सरोकार डटकमलाई बताए । 
फोन लाजिम्पाटको लागेन, न्यूरोडको उठेन :वाणिज्य विभागको पनि फोन उठेन 
हामीले यसबारे कुरा गर्न आँगन मिठाइका विभिन्न साखाहरुमा सम्पर्कको प्रयास गरेका थियौं । तर करिव १०:२५ मा सम्पर्क गर्दा लाजिम्पाटको फोन लागेन भने न्यूरोड साखाको फोन उठेन । यसरी मिठाइ बेच्ने समयमध्ये व्यस्त नहुने समयमा पनि मिडियाको फोन नउठ्नुले  पक्कै पनि दालमा कालो छ भन्ने बुझ्न गाह्रो छैन । यता वाणिज्य विभागको पनि फोन उठिरहेको छैन । आँगन मिठाइले गरिरहेको बदमासीबारे हामीले बुझ्न १०:३६ देखि निरन्तर वाणिज्य विभागका फोन नम्बरहरु +९७७-१-४२४३९३९, ४२४७९१२, ४२३९१२३​ मा सम्पर्क गर्ने प्रयास गर्यौं । तर यी मध्ये कुनै पनि नम्बरको फोन उठेन । यसले कतै वाणिज्य विभागको पनि आँगनसँग मिलेमतो त छैन ? भन्ने शंका उब्जाएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: